पत्रकार गुप्तालाइ पितृ शोक

प्रेस सेन्टर बाँके द्वारा शोक प्रकट

  ।   २०७८ पुष ६, मंगलवार १९:५०

बाँके । प्रेस सेन्टर नेपाल बाँकेका सदस्य सुभाष गुप्ताका पिता सत्यनारायण ठठेरको ६० बर्षको उमेरमा निधन भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ निवासी ठठेरको हृदय घातको कारण ठठेरको मृत्यु भएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।  पत्रकार गुप्ताका पिता स्वर्गीय ठठेर उच्च रक्तचापका बिरामी समेत हुनुहुन्थ्यो ।

घरमा नुहाउने क्रममा हृदय घात भए पछि उपचारका लागि मेडिकल कलेज नेपालगञ्ज लगिएको पत्रकार गुप्ताले गुडन्युज खबरलाइ जानकारी दिनु भयो । गुप्ताका पिताको निधनले मर्माहत बनाएको प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालले भारतको चन्दिगडबाट शोक प्रकट गर्नु भयो । त्यस्तै प्रेस सेन्टर नेपाल बाँके शाखाले शोक बक्तब्य समाजिक संजालमा राखेको छ । शाखा सचिव संगिन शर्माको हस्ताक्षरित शोक बक्तब्यमा ६० बर्षिय ठठेरको मृत्युले मर्माहत भएको उल्लेख गरिएको छ ।

उहाँको बुधबार बिहान ११ बजे नेपालगन्ज स्थित सम्सानघाटमा अन्तिम संस्कार गरिने परिवार स्रोतले जनाएको छ ।

Next Post

बाँकेका चार पालिकाका युवा अभियन्तालाई क्षमता विकास तालिम

२०७८ पुष ६, मंगलवार १९:५०
नेपालगञ्ज । बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाममा क्रियाशिल बाँकेका चारवटा पालिकाका अभियन्ताहरुका लागि नेपालगञ्जमा दुई दिने क्षमता विकास तालिम सञ्चालन गरेको छ । प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत मानवबेचविखन विरुद्धको अभियान रोकथाम नै समाधान भन्ने मुल नाराका साथ छनोट गरिएका युवा अभियन्ताका लागि […]