अमेरिकामा धेरै बोलिने भाषामा नेपाली पनि

  ।   २०७७ भाद्र ५, शुक्रबार ०७:३३

अमेरिकामा धेरै बोलिने भाषामा नेपाली पनि अमेरिकाका केही प्रतिनिधि संस्थामा बोलिने गैरअंग्रेजी भाषामा नेपाली भाषा मुख्य पाँचमा परेको छ।

अनुवाद तथा दोभाषे सेवा दिँदै आएको ल्याङ्ग्वेजलाइन नामक संस्थाले उक्त तथ्यांक सार्वजनिक गरेको हो।

मुख्य कार्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको उक्त संस्थाको अध्ययन भन्छ, ‘अंग्रेजी र स्प्यानिश यहाँको मुख्य दुई भाषा हुन्। यसबाहेक यहाँ समुद्रको एकाछेउदेखि अर्को छेउसम्म ३५० भन्दा बढी भाषा बोलिन्छन्।’

संस्थाका केही प्रतिनिधि शहरमध्ये कोलोराडोको डेनभरमा अंग्रेजी र स्प्यानिशपछि नेपाली भाषा पाँचौं र विस्कान्सनको म्याडिसनमा चौथो भाषाका रूपमा सूचीकृति छ। संस्थाले भनेको छ, ‘अमेरिका बहुभाषाका लागि पृथक विशेषताको भूमि हो। यहाँ पाँचमध्ये एक व्यक्ति वा ६ करोड ७० लाख मानिस घरमा गैरअंग्रेजी भाषा बोल्छन्।’

संस्थाले गएका १२ महिनामा भएका ४ करोड संवादलाई आधार मान्दै उक्त तथ्यांक निकालेको हो घरमा बोलिने भाषाको तथ्यांकमा दक्षिण एसियाली मुलुकको बंगाली भाषा समावेश छ दोभाषे सेवा लिने संख्याका आधारमा यो तथ्यांक आएको हो। थाहाखबर

Next Post

सुदूरपश्चिम सरकारले प्राकृतिक प्रकोपबाट मृत्यु भएका परिवारलाई एक लाख राहत दिने

२०७७ भाद्र ५, शुक्रबार ०७:३३
बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले प्राकृतिक प्रकोपबाट मृत्यु भएको परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। बाढी, पहिरो तथा डुबानमा परी मृत्यु भएका परिवारलाई उक्त रकम राहत स्वरुप दिने प्रदेश सरकारले निर्णय गरेको हो। प्रदेश मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले नौवटै जिल्लामा प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाहरुका परिवारलाई राहत दिने […]

सम्बन्धित शीर्षक