संघिय मामिला (स्थानीय तह) का अख्तियारमा धेरै उजुरी

  ।   २०७८ श्रावण २७, बुधबार १६:३४

संवाददाता, नेपालगंज।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्र्पक कार्यालय नेपालगंजमा उजुरीको संख्या बढेको छ ।

कार्यालयले सार्वजनिक गरेको बार्षिक तथ्यांक विवरण अनुसार गत आर्थिक बर्ष २०७७-०७८ मा मात्रै ७७६ वटा उजुरी परेका छन । जुन विगतका दुई आर्थिक बर्षको तुलनामा बढी हो ।

हुलाक, आयोगका कार्यालय, फोन, फ्याक्स, इमेल, फेसबुक समेतबाट उजुरी लिइरहेको अख्तियारले गत आर्थिक बर्षमा परेका उजुरीमध्ये ५०३ वटा उजुरीको छानविन गरी सकेको जनाएको छ ।

२०७७-०७८ मा उजुरीको संख्यालाई मन्त्रालयगत रुपमा हेर्दा सबैभन्दा धेरै संघिय मामिला (स्थानीय तह), स्थानीय तह शिक्षाका उजुरी धेरै परेका छन ।

बाँके, बर्दिया, दाङ्ग र रोल्पाका स्थानीय तहमध्ये गत आर्थिक बर्षमा बाँकेको कोहलपुर नगरपालिका, बर्दियाको बढैयाताल गाउँपालिका र बाँकेको राप्तीसोनारी गाउँपालिका, नेपालगंज उपमहानगरपालिका, दाङ्गको तुल्सिपुर उपमहानगरपालिका राजपुर गाउँपालिकाका उजुरी धेरै अख्तियारमा परेका छन ।

आ.व.-२०७७-०७८-को-वार्षिक-प्रगती-विवरण.

Next Post

आइइएमआइएस सम्बन्धी २ दिने प्रशिक्षण

२०७८ श्रावण २७, बुधबार १६:३४
संवाददाता । डोल्पा जिल्लाको त्रिपुरा सुन्दुरी १ त्रिपुराकोटमा अद्यावधिक गरिएको एकिकृत शैक्षिक ब्यवस्थापन प्रणालीको बिषयमा पहिलो पटक प्रशिक्षण दिईएको छ । स्टीम अहेड परियोजना अन्र्तगत १६ वटा विद्यालयका प्रधानाध्यापकहरुलाई एकिकृत शैक्षिक ब्यवस्थापन आइइएमआइएस सम्बन्धी २ दिने प्रशिक्षण दिईएको हो । युरोपीयन युनीयनको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र समाज जागरण […]