नेपालमा ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी

  ।   २०७७ मंसिर २५, बिहीबार १५:१५

नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ ।

कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ ।

बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरुबाहेक सबैलाई खोप लगाउने योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

अहिले बन्न थालेको खोप १५ वर्षभन्दा माथिका उमेर समूहलाई मात्र परीक्षण गरिएकाले नेपालमा पनि सोही समूहका व्यक्तिलाई लगाइने छ ।

नेपालमा १५ वर्षमुनिका २८ प्रतिशत जनसङ्ख्या रहेको र उनीहरुलाई खोप लगाइने छैन । उहाँले बालबालिकाभन्दा माथिका उमेर समूहमा परीक्षण भएर सफल भएपछि तिनलाई पनि खोप लगाइने जानकारी दिनुभयो ।

सरकारले पहिलो चरणमा २० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने भएको छ ।

मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइन्स ‘गाभी’ र ‘सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क खोप ल्याउने तयारी गरेको छ ।

‘कोभ्याक्स सुविधा’ ले गरीब र कम आय भएका मुलुकलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ ।

गोरखापत्र अनलाइनबाट

Next Post

लकडाउनमै हराए महिला बालबालिका

२०७७ मंसिर २५, बिहीबार १५:१५
-माइती नेपालले उद्दार गरेका महिलाहरू । फाइल फोटो संवाददाता, नेपालगन्ज  । माइती नेपाल नेपालगन्जले लकडाउनको अवधिमै ६ जना महिलालाई भारतबाट उद्दार ग¥यो । एक जना युवती माया मोहमा फस्दै दिल्ली पुग्नुभएको थियो । अरु ५ जना हिमाञ्चलबाट उद्दार गरिएको थियो । ‘कोठीमा लैजाने तयारी भइरहेको थाहा पाएर हामीले भारतीय गैसससँग […]