मुख्यमन्त्री कार्यालयका उपसचिव, प्रदेश सुशासन कार्यालयका कार्यकारी निर्देशक

दोहोरो जिम्मेवारीले कार्यप्रगति सन्तोषजनक भएन

  ।   २०८० श्रावण ५, शुक्रबार १९:१०

संवाददाता, बाँके ।

लुम्बिनी प्रदेश सरकार मातहत रहेको प्रदेश सुशासन कार्यालय, बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १४ भवानियापुरमा रहेको छ । प्रदेश सुशासन कार्यालयको कार्यक्षेत्र भने लुम्बिनी प्रदेशका १२ वटा नै जिल्ला रहेका छन ।

प्रदेश प्रशिक्षण प्रतिस्ठानका रुपमा रहेका कार्यालयलाई गत आर्थिक बर्ष २०७९-०८० देखी प्रदेश सुशासन कार्यालयका रुपमा नामाकरण गरियो । नामका हिसावले सुशासन सँग सम्बन्धित काम गर्छ की भन्ने लागेपनि खासगरी यस कार्यालयले प्रदेश र स्थानीय तहहरुको क्षमता विकास, प्रशिक्षणको कार्य गर्ने गर्छ । तर प्रदेश सुशासन कार्यालयमा कार्यकारी निर्देशकको उपस्थिती प्राय : देखिदैन ।

कारण दोहोरो जिम्मेवारी तोकिएका कर्मचारीको बसाई अधिकांश समय मुख्यमन्त्री कार्यालयमै हुने गरेको छ । हालका कार्यकारी निर्देशक यमकान्त पाण्डेय, मुख्यमन्त्री कार्यालयमै उपसचिवका रुपमा कार्यरत हुनुहुन्छ । सामान्य फाइल, निर्णय सदर गर्न पनि फाइल नै बोकेर मुख्यमन्त्री कार्यालय, दाङ पुग्नुपर्ने अवस्था छ ।

प्रदेश सुशासन कार्यालयमा कार्यकारी निर्देशकले समय दिन नसक्दा प्रदेश सुशासन कार्यालयको कार्यप्रगति पनि त्यति सन्तोषजनक छैन । गत आर्थिक बर्ष २०७९-०८० को वार्षिक कार्यप्रगति ४९ प्रतिशत मात्र भएको पाईएको छ ।

प्रदेश सुशासन कार्यालयबाट हुने काम कारवाही र कार्यप्रगतिबारे पत्रकार प्रेम विश्वकर्माले प्रदेश सुशासन कार्यालय, नेपालगंजका शाखा अधिकृत मनोज कुमार थारुसँग रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्जका लागि गर्नुभएको कुराकानी भने यस्तो छ ।

 

सम्बन्धित समाचार :

पालिका सरकारको संक्रमणले वडा सरकारलाई सकस

लुम्विनी प्रदेश : शिक्षा तथा खेलकुद क्षेत्रमा ७१ करोड ७० लाख रुपैयाँ बजेट

खरिद संरचनामा फेरबदल

Next Post

विराटनगरमा २० जनालाई प्रशिक्षण

२०८० श्रावण ५, शुक्रबार १९:१०
संवाददाता । गलत–भ्रामक सूचना बारे बुझ्न र त्यस विरुद्ध लड्न विराटनगरमा प्रशिक्षण दिईएको छ । युथ इन्नोभेसन ल्यावले शनिबार जारी गरेको प्रेस बिज्ञप्ती अनुसार नेपालस्थित अमेरिकी दूतावास सँगको सहकार्यमा २० जनालाई प्रशिक्षण दिईएको हो । जसमा पत्रकार, भ्लगर, ब्लगर, सूचना निर्माता, युवा अभियान्ता रहेका छन । यस खालको प्रशिक्षण देशका […]