खाडीको ५० डिग्रीको भट्टीबाट पाले दाइको अध्यक्ष क.प्रचण्डलाई चिठ्ठी

  ।   २०८१ जेष्ठ १८, शुक्रबार १०:२४

श्रद्धेय अध्यक्ष कमरेड क्रन्तीकारी अभिवादन,

आराम छु, हजुरलाई पनि सुस्वास्थ्य एवं दिर्घायुकाे कामना व्यक्त गर्छु । आदरणीय कमरेड, तपाईकै नेतृत्वमा सुरू भएको महान जनयुद्वले आज याे मुलुक परिवर्तन भएको छ ।

देशमा २ सय ४० बर्ष पुरानाे राजतन्त्रकाे अन्त्यसंगै संघीय गणतन्त्र व्यवस्था स्थापना भयकाे छ । याे परिवर्तन गर्ने तपाईकाे महान विचार कुशल नेतृत्व प्रति उच्च-सम्मानका साथै हृदयदेखि सलाम व्यक्त गर्दछु ।

तर शासकहरुको ईमान नै सकीयाे भने कुनै पनि परिवर्तन वा व्यवस्थाले मात्रै काम गर्दैन !

आज जनप्रतिनिधिहरू नै नीतिगत भ्रस्टाचारमा लिप्त छन मन्त्रीदेखि पियसम्म नेतादेखि कार्यकर्तासम्म प्रदेशदेखि वडासम्म भ्रष्टाचारमा चुर्लुम्मै डुबे पछी याे व्यवस्थाकाे के दोष ? कमरेड हामीले पाएको उपलब्धि यति सानाे र कम्जाेर उपलब्धि हैन ।

त्यही उपलब्धिमा टेकेर आज आम नेपाली नागरिकले स्वतन्त्र रूपमा बाेल्न पाएका छन्, भन्न पाएका छन्, चित्तनबुझेकाे कुरा पत्र पत्रीका र सामाजीक संजालमा लेख्न पाएका छन् । तर दु:खकाे कुराे याे देश हाक्ने क्रान्तिकारी गतिलाे नेता पाउन सकेका छैनन् । मलाई विश्वास छ, याे संघिय संरचनमा टेकेर एक दिन यस्ताे महान शासककाे जन्म हुनेछ । जसले याे देशमा भएका विभिन्न नीतिगत भ्रष्टाचारहरु लाई लात मारेर स्वर्ग जस्ताे देशलाई लुटेर नर्क बनाउने पिपासुहरूलाई जेल काेच्ने छ र देशलाई परिवर्तन गरेरै छाड्ने छ ।

याे व्यवस्थाप्रति मलाई गर्व लाग्छ र हजुरलाई फेरि पनि छाती फुलाएर धेरै धन्यबाद दिन मन लाग्छ ।

कमरेड दु:ख त याे कुरामा लाग्छ, हिजाे यही व्यवस्था परिवर्तनकाे लागि ज्यानकाे बाजी थापेर लड्ने म जस्तै हजाराै याेद्वाहरू आज त्यही क्रान्तिले दिएकाे उपहार भनाै शरीर भरी गाेलिका छर्राहरू बाेकेर परिवारकाे भविष्यका लागि धनयुद्व लड्न ७० बर्षका वृद्ध बाबा-आमालाई अनी अँगालो भरिकी श्रीमती र प्राणभन्दा प्यारा फुल जस्तै नानी बाबुहरूलाई चटक्कै छाेडेर मन भरी पिर र आँखा भरी आँसु टलपलाउदै धेरै धन कमाएर छिटै घर फर्किने बाचा गर्दै हरियाे पासपाेर्ट र झाेला बोकेर बिदाईका हातहरू हल्लाउदै आफ्नाे परिवारका लागि अर्काकाे देशमा चाैकीदारी गरेर पसिना बगाउन बाध्य छन् ।

सम्झीदा मात्र मन भक्कानिन्छ अनि मुख छाडेर गाली गर्न मनलाग्छ । कमरेड के युद्व लड्नु गल्ती थीयाे ?

हिजाे आधा संसार भनिएकी महिला छापामार र महान शहीदका पत्नीहरू आज भाेकाे पेट र नाङ्गाे छाती टाल्न हाेटलकाे बेड रूमसम्म शरीर बेच्न बाध्य छन । उता घाईते-अपांसाथीहरू नर्क जस्ताे जीवन बिताइरहेका छन् । हिजाे क्रान्ती गर्नु भुल भएछ भन्दै छाती पिटी पिटी, दिन रात पश्चातापको अग्निमा जल्दै नेता र कमान्डरहरूलाई दिन रात सराप्दैछन् । कमरेड हिजाे आदर्शका कुरा गर्दा क्रान्तीकारीहरूकाे घरमा सिस्नो, अल्लो र भाँगाे उम्रनुपर्छ भन्थे, हाम्राे घरमा त उम्रेकै छ कमरेड चिन्था नलिनु बरू भन्ने कमरेडहरूकाे घरमा के छ ? बुझाै भन्नेहरूकाे त कुरै नगराै स्वर्गकाे जस्ताे जीवन भएकाेछ ।

दायाँ हातकाे इसारागर्दा स्वर्गकी अप्सरा उर्वुसी आउछीन्, भने बाँया हातले इसरा गर्दा Red level र Balck level हुस्की आउँछ, आँखाले इसारा गर्दा सुट्केसमा पैसा आउँछ, खुट्टाकाे इसारागर्दा अरिङ् गालहरू खनिन्छन्, आलिसान महल छन् । चिल्ला गार्डी छन्, अघिपछि लाग्ने सेना र पुलीस अनि नाेकर चाकर छन् । पैसाकाे सुट्केस बाेकेर मेराे काम गरिदिनु, सर भन्दै धाउने ठेकदार छन् ।

परिवर्तन त तपाईं हरूकाे जिवनमा
आयाे कमरेड, हाम्राे जीवन त हिजाे भन्दा पनी झन तल नाजुक अवस्थामा खस्केकाेछ र बेहाल छ । कतिले त कुर्सिमा बसेर हाेली वाईनकाे नसामा मात्तीयर साेझा र ईमान्दार क्रन्तीकारीहरूकाे टाउकाे मा पिसाब गरिरहेका छन् । अनि भन्छन्, घाईते साथीहरू NGO र INGO काे पछि नलाग्नु होस्, तपाईहरूकाे याे व्यवहारले विरोधी खाेज्न कही कतै जानु पर्दैन कमरेड, विगतलाई स्मरण गर्नु र गराउनु हाेस्, यीनीहरुले नै गर्दा हामी यहाँसम्म आएका हाैँ भन्ने कुरा स्मरण गराउनु हाेस् । परिवार वादबाट माथी उठ्नुहाेस् र उठाउनु हाेस् ।याे देशका महान सहिदहरूलाई छाेरा प्रकाश जस्तै सम्झनुहाेस्, तिनका पत्नीहरूलाई बुहारी बिना जस्तै सम्झनु हाेस्, आज देशलाई फेरि तपाइकाे नै खाँचाे परेकाे हो ।

संगठन भित्र शुद्धीकरण चलाउनु हाेस्, भ्रष्टाचारीहरूलाई कार्वाही गरेर जेल हाल्नु हाेस्, ncell बाट कर उठाउनु हाेस् । 4G घाेटाला गर्नेलाई नङग्याउनु हाेस्, सुन कान्डका नाईके हरूलाई सार्बजनीक गर्नु हाेस्, हवाइटबडी कान्डलाई छानबिन गर्नु हाेस्, बालुवाटर जग्गा प्रकरणमा नक्कली माेही खडा गरेर राज्यको सम्पती लुट्ने पार्टीकै दलालहरूलाई जनता सामु नाङगे झार पारेर कार्बाही गर्नु हाेस्, याे तपाईं बाहेक अरू कसैले पनि गर्न सक्दैनन तपाईं साँच्चीकै

याे देश हाक्ने डाईनामीक लिडर हाे । सुनकाे देशमा बसेर नुनकाे खाेजी गर्नु मुर्खता हाे (mcc) अर्काले दानमा दियकाे सुनकाे जुत्ता लगाउनु भन्दा नाङगै खुट्टा हिड्न सही छ । कमरेड, तपाइले नै जन्मायकाे गनतन्त्र आज तपाइहरू कै कार्यशैली र पदकाे लडाइले गर्दा खतरामा छ । यसलाई हुर्कायर, बढायर तपाईं आफैले भन्ने गरेकाे देश सुईजर्लेन्ड जस्तै बनाउनु हाेस् । परिवर्तनकारी शक्ती तपाईकाे साथमा छ । आम नेपाली जनताले तपाईंप्रति आम जनताले आशा गरेका छन् । देश खाेक्राे बानउने धमीराहरू र गनतन्त्रलाई असफल साबित गराउन खाेज्नेलाई दरिलो झापड दिनु हाेस् । पछिल्ला दिनहरूमा तपाईले भ्रष्टाचारीहरुको सातोपुग्लो उड्ने गरि लिएको कदमले समग्र जनता तपाईको पक्षमा छन् । मेराे शुभ कामना छ ।

तपाईको पुर्व छापामार उहीँ पाले दाइ
(हाल मलेसिया)

Next Post

नेपालगन्जको तापक्रम अहिलेसम्मकै उच्च मापन गर्दा ४४.२ डिग्री पुग्यो

२०८१ जेष्ठ १८, शुक्रबार १०:२४
नेपालगन्ज । अत्यधिक गर्मी हुने ठाउँ नेपालगन्जको अधिक्तम तापक्रम ह्वात्तै बढेको छ । बिहीबार नेपालगन्जको अधिक्तम तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यो विगत केही वर्ष यताकै उच्च तापक्रम हो । जल तथा मौसम विभाग फिल्ड कार्यालय राँझा एअरपोर्टका नायब मौसम विज्ञान सहायक कुमार रानाका अनुसार बिहीबार नेपालगन्जको […]

सम्बन्धित शीर्षक