विश्वभरी कोरोना संक्रमितहरुको संख्या २ करोड ८९ लाख ८२ हजार ६ सय ५७ जना पुगेको छ । संक्रमित मध्ये ९ लाख २५ हजार २ सय ६३ जनाको मृत्युभएको वल्डो मिटरले जनाएको छ ।
यसैगरी संक्रमित मध्ये २ करोड ८ लाख ५३ हजार ६ सय ३६ जना ब्यक्तिहरु निको भएको छ ।
विश्वका २ सय १५ मुलुक मध्ये कोरोनाको असर अमेरिकामा सबैभन्दा बढी परेको छ । दोस्रो नम्बर भारत र तेस्रो नम्बरमा ब्रजिल रहेको छ । नेपाल भने ५५ औं नम्बरमा रहेको छ ।