जापानी टेनिस खेलाडी नाओमी ओसाकाले पुन : यूएस ओपनको उपाधि जित्नुभएको छ ।
सन् २०१८ मा यूएस ओपन जित्नुभएकी ओसाकाले गएराती भएको महिला एकलतर्फको फाइनलमा बेलरुसकी भिक्टोरिया एजारेन्कालाई हराउन सफल हुनुभयो ।
सन् २०१७ मा विम्लडन ओपन खेले यता कुनैपनि टेनिस प्रतियोगिताका भाग नलिनुभएकी ३१ वर्षीया एजारेन्काले ओसाका विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि पराजित हुनुभयो ।
एजारेन्काले पहिलो सेट ६-१ ले जितेपनि दोस्रो र तेस्रो सेट भने ६-३, ६-३ ले ओसाकाले जित्न सफल हुनुभयो ।
६ पटकसम्म यूएस ओपन जितिसक्नसभएकी सरिना विलियम्सलाई हराउँदै हाल बिना वरियताकी ३१ वर्षीया एजारेन्का फाइनल प्रवेश गर्नुभएको थियो ।
आफ्नो करिअरको तेस्रो ग्रान्ड स्लाम जित्नुभएकी २२ वर्षीया ओसाकाले यसअघि सन् २०१९ मा अष्ट्रेलियन ओपनको उपाधि जित्नुएको थियो ।
–एनटिभीबाट