एक सय नर्सलाई बेलायत पठाउन श्रम मन्त्रालयले माग्यो आवेदन

  ।   २०८० श्रावण ४, बिहीबार १९:२२

संवाददाता ।

नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘पाइलट प्रोग्राम’ को रुपमा पहिलो चरणमा एक सय जना नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो । नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा एक सय जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो ।

श्रम मन्त्रालय र बेलायती दूताबास, काठमाडौंले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिअनुसार, बेलायत जान इच्छुक नेपाली नर्सले शुक्रबारदेखि आवेदन दिन सक्नेछन । श्रम मन्त्रालयले नेपाली नर्सलाई आवेदन दिन छुट्टै एप्लिकेसन पोट्रल समेत बनाएको छ । बेलायत जान इच्छुक नर्सले शुक्रबारदेखि कात्तिक २ गतेसम्म https://ferms.dofe.gov.np/home मार्फत अनलाइन आवेदन दिन सक्नेछन ।

सरकारले ‘गभर्मेन्ट टु गभर्मेन्ट (जीटुजी)’ प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति पठाउन लागेको हो । उनीहरूले वार्षिक झण्डै ४७ लाख रुपैयाँ तलब पाउनेछन् भने बेलायतमा रजिस्ट्रर नर्स भइसकेपछि वार्षिक ५८ लाख ५५ हजारसम्म तलब पाउनेछन । उनीहरूले ५ वर्ष मात्र काम गर्न पाउनेछन् ।

नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा लैजान गत भदौमा दुई देशबीच सम्झौता भएको थियो । सम्झौताअनुसार, न्युनतम पीसीएल नर्सिङ अध्ययन पूरा गरेकादेखि नर्सिङमा स्नातक तथा स्नातकोत्तर तह अध्ययन गरेका नर्सले आवेदन दिन पाउनेछन । तर, आवेदन दिनको लागि आईईएलटीएसमा भने न्यूनतम ७ अंक ल्याएको र दुई वर्षको कार्य अनुभव भएको हुनुपर्छ ।

त्यस्तै, रोजगारीका लागि छनोट भएर बेलायत पुगेकाहरूले फेरि त्यहाँको नर्सिङ काउन्सिलको परीक्षा पनि दिनुपर्नेछ ।

Next Post

मुख्यमन्त्री कार्यालयका उपसचिव, प्रदेश सुशासन कार्यालयका कार्यकारी निर्देशक

२०८० श्रावण ४, बिहीबार १९:२२
संवाददाता, बाँके । लुम्बिनी प्रदेश सरकार मातहत रहेको प्रदेश सुशासन कार्यालय, बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १४ भवानियापुरमा रहेको छ । प्रदेश सुशासन कार्यालयको कार्यक्षेत्र भने लुम्बिनी प्रदेशका १२ वटा नै जिल्ला रहेका छन । प्रदेश प्रशिक्षण प्रतिस्ठानका रुपमा रहेका कार्यालयलाई गत आर्थिक बर्ष २०७९-०८० देखी प्रदेश सुशासन कार्यालयका रुपमा नामाकरण […]