कोभिडले लियो वडा अध्यक्षको ज्यान

  ।   २०७८ आश्विन ७, बिहीबार १५:११

संवाददाता ।

बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुर्य बहादुर थारु (कमल) को निधन भएको छ । उहाँको कोभिडका कारण आज निधन भएको नगरप्रमुख दुर्गा बहादुर थारु (कविर) ले जानकारी गराउनुभयो ।

कविरले आफनो सामाजिक संञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘हाम्रो नगरपालिका वडा नं. ३ का निर्वाचित अध्यक्ष सुर्य बहादुर थारु (कमल) आजैको दिन कोभिडको कारणले हामीलाई सदाकोलागी छोडेर जानुभयो । हरेक कार्यपालिका बैठकमा उहाँको अभाव महसुस हुने गर्दछ । उहाँको गहिरो सम्झना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।’

Next Post

बाल अधिकार संरक्षणका लागि बर्दियाका आठवटै पालिकाको सामुहिक प्रतिवद्धता

२०७८ आश्विन ७, बिहीबार १५:११
ठाकुरद्धारा बर्दिया । बाल अधिकार संरक्षण र बालविवाह रोकथामका लागि तिव्र गतिमा काम गर्ने प्रतिवद्धता बर्दियाका आठवटै पालिकाले जनाएका छन् । बाँके युनेस्को क्लबले जिल्ला समन्वय समिति बर्दियासंगको समन्वयमा ठाकुद्धारामा आयोजना गरेको ‘स्थानीय तहमा बाल अधिकार संरक्षण तथा सेवा प्रवाह सम्बन्धि ३ दिने आवासीय तालिम’ को समापनको अवसरमा पालिकाहरुले सो […]

सम्बन्धित समाचार