डक्ट प्रसाद धिताल
म भन्छु कसैलाई जीवन फेर्न वा जिन्दगी बदल्नु छ भने किताब पढ । किताबले सडकबाट सदनमा पु¥याउछ । त्यसैले मर्कुस टुल्लिअस सिसरो भन्छन्, ‘किताब बिनाको कोठा आत्मा बिनाको शरीर समान हो ।’
बास वा निगालाको कलमद्वारा भोजपत्रमा लिखित ग्रन्थ चित्र, पौवा चित्रको कल्पना परिकल्पना गर्दै गर्दा आजको आधुनिक युगमा बिकास भएको पुस्तकलाई हेर्दा अचम्म लाग्छ ।
बि.सं. २००७ सालमा नेपालमा प्रजातन्त्र आयो भने प्रजातन्त्र आएको जानकारी जुम्लामा २००८ सालमा मात्र प्राप्त भयो । यो झन आफैमा अनौठो लाग्ने कथा हो । नामले अत्यन्तै एतिहासिक तर कामले धेरै पछडि परेको जुम्ला त्यसमा पनि सिंजा ! इतिहासका पानामा नागराज मल्ल, खस राज्य र खस भाषाको बारेमा पढ्न मजा आउछ । धेरैलाई नेपाली भाषाको उद्गम थलो कस्तो होला, त्यहाँको भाषा, संस्कृति कस्तो होला ? यस्ता प्रश्नले नेपाली जनका मनलाई तरंगित पारिदिन्छन । तर सोचे जस्तो सिंजा थिएन ।
दुर्गमको नामले परिचित त्यही सिंजाको एउटा गाउँमा मैले पहिलो पटक पाइला टेकेको थिए । वा मेरी आमाको आफ्नो नौ महिने पहिलो अनुभव बटुल्दै पीडालाइ सुखमा बदल्ने दिनका रुपमा म प्राप्त भएको थिए ।
त्यो अनकन्टार ठाउँमा जहाँ छाउपडि, सुत्केरीलाई महिनौं दिनसम्म गाइको गोठमा छाउ बारेर बस्ने जस्ता थुप्रै उदाहरण छन् जसलाई हातले एक, दुई, तीन, गरेर गन्न सकिन्छ । यस्तै पेरिफेरिमा बाल्यकालमा बिताएका क्षण अहिले जस्तै लाग्छन् । आँखाको लागि सुन्दर पहाड, हिमाल, गाउँ सम्म परेका फाट भएपनि यथार्थमा मानिसलाइ जिउन सकस नै थियो ।
७ बर्षे बालसखामा अक्षर चिन्ने सुभ–अवसर जुरे पनि गाउँका प्राथमिक विद्यालयमा १ कक्षा देखि ५ कक्षा सम्म दुइटा शिक्षकले मात्र पठनपाठन गराउँदा शिक्षाको स्तर कस्तो भयो होला सहजै अनुमान गर्न सकिन्छ । काठको पाटीमा माटाको धुलो थिचेर मसिनो बनाइ काठको सानो कलमले क ख रा लेख्न सिकाउने गुरु यस जगतमा नभएपनि गुरुको चेला जसरी एउटा किराले किताब कुर कुर गरेर काटी रहेको हुन्छ त्यसरी नै किताबका एक एक अक्षर कुरु कुरु गरेर अहिले सम्म काटी रहेको छ ।
किताब देख्ने बित्तिकै उसले आफ्नो खल्तीमा राखिहाल्छ । उसलाई किताब पाउन प¥यो, बस अरु दुनियाँमा केही चाहिदैन । सानै देखि किताब भनेपछि हुरुक्कै हुने उसलाई खान, लाउन, बोल्न, बस्न, हिड्न, सोच्न आदि गर्न सबै किताबले नै सिकायो । किताव ज्ञानको भकारी हो भन्ने भनाइ यत्रतत्र सर्वत्र फैलिएको छ नै त्यति मात्र नभएर किताबलाई मनोरञ्जनको खाना खाना परेको आलमारी पनि हो भन्न म असाध्यै मनपराउँ छु ।
एक जना लेखकको बिचार पस्किन मन प¥यो । जर्ज बनार्ड शाले ‘विचारहरुको युद्धमा नै पुस्तक अस्त्र बराबर हुन्छन्,’ भनेर भनेको पाइन्छ । वास्तवमा विचारको प्रस्फुटन हुनको लागि किताबको अध्ययन हुन जरुरी छ । यसले मानिसलाइ भित्रै देखि परिवर्तन गरिदिन्छ । त्यही परिवर्तन गर्ने किताब विश्व सभ्यता आजको समयमा प्रविधिको जस्तोसुकै नयाँ आविस्कारमा पौडिए वा दौडिए पनि किताबको स्थान अझैसम्म पनि विशिष्ट छ । विशिस्ट स्थान ओगट्न सफल भएको किताब सन् १४५० मा पहिलो पटक किताबको रुपमा मानिसका हातमा आएको हो । भने १६४० मा विश्वको पहिलो किताब छापिएको पाइन्छ ।
यत्रो लामो यात्राको दुरि पार गरिसकेको किताबले आफ्नो हस्तक्षेप जबर्जस्त संग प्रस्तुत गरेको छ । त्यसैले होला संसार बदल्न एउटा मात्र किताब काफी छ भनेर किताबका किराहरुले भन्ने गरेका छन् । त्यसैले किताब पढाइले मानिसको जीवन नै बदलिदिन्छ । त्यसको प्रत्यक्ष उदाहरण म एक हो । विध्याबारिदी सम्मको अध्ययनमा चुर्लुम्म डुबुल्की मार्दा किताबको अध्ययन बिना कुनै मानिसको जिन्दगी फेर्नु छ भने किताबको अध्ययन अत्यन्तै जरुरी देखिन्छ ।
पुराना बुढापाकाले भने गरेको सुनिन्छ, ‘बिध्या भाइको भाग नलाग्ने, चोरले चोर्न नसक्ने सम्पत्ति हो ।’ यसै प्रसंगमा बाल्ट डिज्नीको भनाइ पनि जोड्न मन लाग्यो । बाल्ट डिज्नी भन्छन्, ‘किताबहरुमा यति धेरै खजना लुकेको हुन्छ, जसलाई कुनै लुटेराले कहिल्यै लुट्न सक्दैन ।’
लुटेराले जतिसुकै पिछा गरेपनि कुनै पनि मानिसले आर्जन गरेको विध्या चोन सक्दैन । यहि किताबले नै हो मेरो जिन्दगी फेरि दिएको । मैले ६६ वटा किताबको एउटा संग्रह एकै पटक पढ्दा मलाई अनौठो महसुस भएको थियो । स्वर्गको अनुभुति भएको थियो । जसले मेरो जीवन नै उथलपुथल बनाइ दिएको थियो । आज जुन स्थानमा सिघौरी खेलिरहेको छु, त्यो किताबको अध्ययनले नै हो ।
एक रोचक कथा जोड्न चाहान्छु । किताब पढ्नु पर्छ भन्ने कुनै सोच थिएन । म अग्रेंजीमा अत्यन्तै कमजोर थिए त्यो बेला । भर्खर भर्खर म्याट्रीक पास गरेको थिए । क्याम्पस पढ्न जाने रहर थियो । बाले दुई हजार रुपैया दिएर पढ्न पठाएका थिए । बाउको पढे लेखेर ठूलो बनाउने चाहना अनि मेरो ठूलो बन्ने सपनाको तालमेल मिलेको थियो ।
क्याम्पस भर्ना नि भए । दैनिक रुपमा क्याम्पस जाँदै गर्दा क्याम्पसको हावा लाग्यो । बिस्तारै मेरो संगत फरक प्रकृतिका साथीहरू संग भयो, जसले गर्दा किताब संगको नाता तोडियो । किताब पढ्नुको सट्टामा म अन्य कुरामा रुमलिए । किताब सँंगको सम्बन्ध बिच्छेदले मलाइ लागुपदार्थको हिरासतमा धक्केलिदियो । पुनः किताबमा फर्किने आशा लगभग हराएको जस्तै भयो । विद्वान बन्न हिडेको साथी (म) बुद्धुमान भएर निस्किने निश्चित भयो ।
लागु पदार्थको गहिरो दलदलमा भासिएपछि बाहिर निस्किने संभावना पुरै हरायो । यस्तैमा झुक्किएर एकदिन एकजना विद्वान संग भेट भयो । विद्वानले मलाई आफ्नो अग्रेंजी भाषा विद्यालयमा बोलाउनु भयो । म अनकनाइ कन भएपनि उहाँको मा पुगे । उहाँले मलाई अग्रेंजी भाषाको सपना देखाउनु भयो । म प्रभावित भए र भाषा विद्यालयमा भर्ना नि भए ।
मैले ३ महिनाको भाषा शुल्क एक हजार दुई सय रुपैया टक्र्याएर, अग्रेजी भाषा विद्यालयमाको नियमित विद्यार्थी बने । त्यो पनि मेरो लामो समय सम्म टिकेन । मलाई लतको माथले भाषालाई खाला जस्तो भयो । नभन्दै एकदिन म आफ्नो दिएको शुल्क फिर्ता माग्न अग्रेजी भाषा विद्यालय तर्फ गए । म करिब करिब झ्याप थिए । झ्यापकै सुरमा भाषा विद संग आफ्नो बाह्र सय रुपैया फिर्ता लिन आएको कुरा जनाए ।
म आगो भएको थिए । मलाई खान मन थियो तर भेटाएको थिएन । मेरो प्रश्नको उत्तर भाषा विदले सहजै हासेर दिनु भयो । ‘ल तपाईंको रुपैया भन्दै एउटा किताब थमाउनु भयो । मलाई अचम्म लाग्यो । मलाई पैसा चाहिएको हो, मस्साब, किताब होइन ।’ उहाँले थप्नु भयो, ‘किताब भित्र पैसा छ । पैसा खल्तीमा राख्नुस, किताब पढ्नुस ।’ मैले आँखा देखिन । पैसा खल्तीमा राखे अनि किताब पेन्टको पछाडिको खल्तीमा राखे र कुलेलाम ठोके । किताब पातलो थियो । एउटा कुरा भाषा विदले किताब दिदा भनेको अहिले सम्म बिर्सेको छैन । उहाँले भन्नुभएको थियो, ‘यो किताब पढेपछि पुनः अर्को किताब लिन आउनु होला ।’
भाषा विदले दिनुभएको रुपैयाँ एक डोजमै च्वाट भयो । राती १२ बजे डेरामा लखर लखर लागियो । लतमा मस्त भएको मान्छे म बिहान १० बजे ब्युझिए । अगेल्लो दिन जुन पोसाक थिए त्यही पोसाकमा, किताब बिस्तारामै खसेको थियो । किताब उठाएर हेर्न थाले । एक छिन किताब हेर्न थालेको किताब पढेर सकेको थाहा पाएन । भाषा विदले अर्को किताब लिन आउनु भनेको आग्रह कानमा गुन्जियो । अर्को किताब मागेर पढे । यसरी माग्दै पढ्दै गरेको किताब डेराको टेबुलमा राख्दै गए । बिस्तारै किताबको चाङ लाग्दै थिए । किताब पढ्न थालेको दुई महिना पछि डेराको टेबुलमा १ सय ५० किताबको चाङ भयो जुन किताब मैले पढी सकेको थिए । अब त मलाई लागु पदार्थ होइन किताबको लत बस्यो । जसले मलाई लागु पदार्थबाट छुटकारा दियो । ती किताबहरु आध्यात्मिक किताब थिए । ६६ वटा पुस्तक एउटै किताबमा भएको सिङ्गो पुस्तक बाइबल थियो । बाइबल भनेको पुस्तकहरुको संग्रह वा सानो पुस्तकालय रहेछ बल्ल मैले बाइबलको अर्थ बुझे । यसरी किताबले मेरो जिन्दगी फेरि दियो ।
तर बिडम्बना हिजोआज किताब पढ्ने-अध्ययन गर्नेहरुको स्थिति खस्किदै गएको देखिन्छ । पुस्तकालयमा धमिराका साथै माकुराले जालो लगाएको पाइन्छन् । पुस्तकालयको संरक्षण र संवर्धन गर्ने पुस्ताको विकास हुन सकेको छैन । लेखनको ट्रेन बदलिएको छ । जसले गर्दा राष्ट्र र राष्ट्रियता हराउदै गएको स्पष्ट देख्न सकिन्छ । यी सबै हुनुको पछाडी किताब अध्ययनमा ह्रास आउनु पनि हो । किताबले संघर्ष गर्न सिकाउछ, दुखलाइ पिउन सिकाउ छ भने अन्यायको बिद्रोह गर्न बाध्य गराउँछ । त्यसैले होला म बिद्रोही भएको । ठूला ठूला परिवर्तन भएका छन्, बिद्रोह भएका छन्, ती सबै हुनको पछाडि किताबको हात छ । भने अर्को तिर किताबको अध्ययनले स्वर्गको अनुभुती दिलाउछ । जर्ज लुइसले भनेका छन्, ‘म सधैं यो कल्पना गर्छु, स्वर्ग भनेको एक प्रकारको पुस्तकालय हो ।’ किताबले स्वर्गको अनुभुति दिलाउ छ ।
किताबले मानिसको सोच, चाहना, इच्छा सबै बदल्छ । किताब यस्तो शिक्षक हो, जो कुनै कष्ट नदिइ, कुनै आलोचना नगरी र कुनै परिक्षा नलिई हामीलाई शिक्षा दिन्छ भनेर एकजना अज्ञात व्यक्तिले भनेका छन् ।
शिक्षा बिना बिकासको परिकल्पना समेत गर्न सकिदैन । साना कुराले ठूलो फरक पार्छ । त्यसैले म भन्छु किताब भनेको फुल हो जसलाई खल्तीमा हालेर हिड्न सकिन्छ । जसको बासनाले सुगन्धित बनाउछ । किताबले नै मानिसलाई गंम्भीर बनाउछ । किताबका प्रत्येक पानामा मानिसको सोच परिवर्तन गर्ने सुत्र हुन्छ । जुन सुत्रले मानिसका सबै बिचार बदली दिन्छ ।
त्यसैले म भन्छु कसैलाई जीवन फेर्न वा जिन्दगी बदल्नु छ भने किताब पढ । किताबले सडकबाट सदनमा पु¥याउछ । त्यसैले मर्कुस टुल्लिअस सिसरो भन्छन्, ‘किताब बिनाको कोठा आत्मा बिनाको शरीर समान हो ।’
#किताब #जिन्दगी