२४ घण्टामा २ हजार २८७ जना डिस्चार्ज, ९०२ जनामा कोरोना पुष्टि

  ।   २०७७ भाद्र २३, मंगलवार १६:३४

काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४८ हजार एक सय ३८ पुगेको छ । गएको २४ घण्टामा नौ सय दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ६ सय ११ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा नौ सय दुई जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार दुई सय ८७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३२ हजार नौ सय ६४ जना पुगेको छ ।

अब नेपालमा १४ हजार आठ सय ६८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार तीन सय १० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ६ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Next Post

The number of deaths due to corona infection in Banke has reached 8, adding 14 people have been infected

२०७७ भाद्र २३, मंगलवार १६:३४
Banke: The number of deaths due to corona infection in Banke has reached eight. Banke Chief District Officer Ram Bahadur Kurumbang said that an 80-year-old woman of Nepalgunj Sub-Metropolitan Ward No.16 died on Tuesday afternoon while undergoing treatment. It has been confirmed that she has corona after his death at […]