मल वितरणमा बदमासी भयो, कारबाही गर्छौं : मन्त्री भुसाल

  ।   २०८० असार १५, शुक्रबार १५:२५

संवाददाता ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्री डा.वेदुराम भुसाल धान रोपाइँमा सहभागी हुनुभएको छ ।

आज राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी भएर मन्त्री भुसालले धान रोप्नुभएको हो ।

उहाँले रोपाइँ महोत्सवमा मन्त्री भुसालले हातले र राइस ट्रान्सप्लानरले धान रोप्नुभएको हो । उहाँले रोपाइँमा सहभागी हुनु भन्दा पहिला भएको कार्यक्रममा बोल्दै मन्त्री भुसालले केही वर्ष पहिला खेती भएको १० लाख ३० हजार हेक्टर जमिन अहिले बाँझो रहेको बताउनुभयो ।

उहाँले जमिन बाँझो हुनुमा मानिसहरूको जीवन शैलीमा आएको परिवर्तन, पहाडबाट तराई वा शहरतिर बसाई सर्ने प्रवृत्तिको विकास, युवाहरू विदेशी जानु र सरकारले पर्याप्त सेवा सुविधाहरू पुर्याउन नसक्नु प्रमुख कारण भएको बताउनुभयो । मन्त्री भुसालले यो वर्ष कृषि मन्त्रालयले बाँझो जमिन उपयोगका निम्ति नगन्य भए पनि बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो ।

उहाँले मलको अभाव भयो भनेर राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटो खिचेर प्रचार गरिएको बताउनुभयो । उहाँले अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात रहेको बताउनुभयो । उहाँले मलको अभाव नभएर केही ठाउँमा मल वितरणमा बदमासी भएको भन्दै छानबिन गरी कारबाही गर्ने चेतावनी दिनुभयो ।

इकागज डटकमबाट

Next Post

नरैनापुरमा रंगशाला निर्माणको काम अन्तिम चरणमा

२०८० असार १५, शुक्रबार १५:२५
बाँके । नरैनापुर गाउँपालिकामा रंगशालाको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ४ स्थित दौलतपुरको खोदवामा उक्त रंगशालाको निर्माण एक वर्ष अघिदेखी सुरु भएको थियो । रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । एक पालिका, एक रंगशाला अन्तरगत नरैनापुरमा रंगशाला निर्माणको काम […]