संवाददाता, बर्दिया ।
कक्षा ८ मा अध्ययनरत १३ बर्षिया किशोरीको जटिल खालको स्वास्थ्य उपचारमा आर्थिक समस्या भएपछि घरपरिवारले सहयोगको अपेक्षा गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ निवासी किशोरी दिना थारुको स्वास्थ्य उपचारमा आर्थिक समस्या परेपछि बुवा कृष्ण बहादुर थारु र आमा अनिता थारुले छोरीलाई बचाईदिन सार्वजनिक रुपमा अनुरोध गर्नुभएको हो ।
किशोरी दिना थारुको उपचारमा समलग्न चिकित्सकहरुले किशोरीको चेकजाँच तथा उपचारमा धेरै खर्च लाग्ने बताएपछि उपचार खर्च ब्यवहोर्न नसकी छोरीलाई उपचार नगरी घरमै राख्नुपरेको घरपरिवारले जनाएका छन ।
सहयोग गर्न इच्छुक ब्यक्तिले ९८४८१७४८७० मा मा सम्र्पक गर्न सकिनेछ ।
- थप बुझ्न तलको जानकारी पढ्नुहोस ।