अर्थमन्त्रीले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गर्दा संसदमा हाँसोको फोहोरा छुट्यो

  ।   २०८० जेष्ठ १५, सोमबार १७:५५

संवाददाता ।

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गर्नुभएको हो ।

सरकारले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो । अर्थमन्त्रीले यो घोषणा गर्दा संसदमा हाँसोको फोहोरा छुट्यो । सो क्रममा अर्थमन्त्री पनि केहीबेर सांसदहरुतिर हेर्दै हाँस्न पुग्नुभयो ।

Next Post

सञ्चारको बजेट नीति तथा कार्यक्रम कार्यान्यवन गर्न तत्काल पहल गर्छु : मन्त्री पाण्डेय

२०८० जेष्ठ १५, सोमबार १७:५५
प्रेम विश्वकर्मा, भालुवाङ्ग दाङ्ग । लुम्विनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले सञ्चार क्षेत्रको बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनका लागि तत्काल पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश समितिले मंगलबार भालुवाङ्ग, दाङ्गमा आयोजना गरेको अनलाइन सम्पादक लक्षित प्रशिक्षण तालिमको उद्दघाटन गर्दै […]

सम्बन्धित शीर्षक