संवाददाता, नेपालगंज।
नेपालगंज उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारण सभा भोली फागुन १३ गते शनिबार हुने भएको छ ।
प्राप्त विवरण अनुसार वार्षिक साधारण सभाको उद्दघाटन लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री लीला गिरीले गर्ने कार्यक्रम तय भएको नेपालगंज उद्योग वाणिज्य संघले जनाएको छ ।
साधारण सभामा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल लगायतका विशिष्ट ब्यक्तित्वहरुको उपस्थिती रहनेछ ।