जसपाका दुई उम्मेदवार माथि ठगीको आरोप सहित उम्मेदवारी खारेजको माग

  ।   २०७९ कार्तिक २३, बुधबार १५:१०

संवाददाता, नेपालगंज ।

जनता समाजवादी पार्टी (जसपा) बाट प्रदेश सभा सदस्यमा उम्मेदवार रहेका दुई जना माथि ठगि गरेको आरोप सहित ध्यानाकर्षण पत्र बुझाईएको छ ।

आज दिँउसो भेरी सहकारी वित्तिय संस्था पीडित संघर्ष समिति १५५६ जाहेरीवालाको तर्फबाट सहसंयोजक आशुतोष शुक्लाको अगुवाईमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाईएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, बाँके क्षेत्र नम्बर २ मा पुगी सहायक निर्वाचन अधिकारी नुमा नन्द अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउदै बाँके निर्वाचन क्षेत्र नम्बर १ (१) का उम्मेदवार अम्मर बहादुर खड्का र बाँके क्षेत्र नम्बर ३ (२) का उम्मेदवार बिजय कुमार पठाकको उम्मेदवारी खारेज गर्न माग पीडितले गरेका छन ।

ध्यानाकर्षण पत्र बुझ्दै सहायक निर्वाचन अधिकारी नुमा नन्द अधिकारीले आफनो कार्यालयबाट यसको अध्ययन गरिने भन्दै निर्वाचन आयोगको कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँके निर्वाचन क्षेत्र नम्बर १ मा पनि यसबारे जानकारी गराउन आग्रह पीडितहरुलाई गर्नुभएको छ ।  क्रमश…

 

Next Post

नेपालगन्ज बासीले भने पटक पटक अरुलाई यस पटक बमलाई

२०७९ कार्तिक २३, बुधबार १५:१०
नेपालगन्ज । आसन्न मंसिर ४ गते हुने संघीय र प्रादेशिक निर्वाचन नजिकिदै गर्दा दलहरु चुनावी प्रचारप्रसारमा होमिएका छन् । बाँके क्षेत्र नं. २(२) मा भने माओवादी केन्द्र तर्फका युवा उम्मेदवार अकल बहादुर बमलाई विभिन्न समुदायका मतदाताले बोलाएरै विगतका चुनावमा अरुलाई मतदान गरियो तर यसपटक भने तपाईंलाई  मतदान गर्छौ भनेपछि नेता […]