टोले भीडन्त र नेपालगञ्ज

  ।   २०७९ आश्विन ६, बिहीबार ११:४९

नरेन्द्रजंग पिटर | नेपालगन्जमा टोल–टोल बीचको भीडन्त सामान्य विषय हुन्थ्यो । तजुग प्रदर्शन अनेकौं तरिकाले हुन्थे । झगडिया टोल भिडन्तमा घरवारी टोल र गडिहन्पुरवा पहिलो नम्बरमा “ख्याती” थियो भने गगनगन्ज पनि कम थिएन । भीडन्त थलो प्रायजशो त्रिवेणीमोड हुन्थ्यो । लक्ष्मी चलचित्र पनि अर्को ठाउँ । बागेश्वरी पुग्नु पहिलाको काठेपुलका दुवै छेउका बारमा अड्डा जमाएर केटीहरू र बाहिरियालाई जिस्क्याउने, होंच्याउने लोर्केहरूको त्रासले बजार पस्नेहरू सदा आतंकित हुन्थे ।

“को भन्दा को कम” भनेर आप्mनो हैसियत र तुजुक देखाउन टोल–टोलको भीडन्तमा जुँगाको लडाई हुन्थ्यो । भीडन्तमा लाठी, भाला र बन्दुक लिएर टोलका बच्चादेखि बुढाहरू पनि सहभागी हुन्थे । घरबारी टोल त दादागिरी मा राष्ट्रिय चर्चामै थियो । भीडन्त विशेष गरेर गडिहन्पुरुवा र घरवारी टोल बीच हुुन्थे ।

गडिहन्पुरुवाको पक्षमा बाहिरिया डेरा वाल विद्यार्थी विशेष गरेर अछामी विद्यार्थी पनि भएकाले कैयौं पल्ट उसको पल्ला भारी हुन्थ्यो । अछामीहरूमा विचारको भन्दा भूगोलले एकता गराएको हुन्थ्यो । भीडन्तमा सामेल दुवैथरीका नाता एकदुस्रा टोलसंग हुन्थे । चाडपर्व, विहा–वारी र मलामीमा आफन्त हुने पनि टोले भीडन्तमा भने आमने–सामने जुझ्थे । त्यस्ता दादागिरीमा मधिसे र मस्लिम समाज भने सामेल हुँदैनथ्यो । गगनगन्जको टोले दादागिरी थियो । तर उ झगडाको विषयलाई हेरेर कहिले घरवारी टोल, कहिले गडिहनपुरूवाको पक्षमा रहन्थ्यो ।

सिनेमा प्रेमीहरू नानपारा र बहराइच सिनेमा हेर्न जान्थे । फर्केर आउँदा झौवा भरी हरियो तरकारी पनि ल्याउँथे । तन्नेरी ऐठन त्यहाँ पनि हुन्थे । पिट्नु, पिटिनु, घाइते हुनु सामान्य विषय बनेको हुन्थ्यो । नेपालगन्जियाहरू का नानपारा र बहराइचमा पनि ग्याङ फाइट् हुन्थे । बाहिरिया ग्याङ फाइटको नेतृत्व विशेष गरेर थापाको हुने गथ्र्याे ।

बाटो र नियम
एकातर्फ घरबारी टोल, गगनगन्ज र गडिहनपुरूवाको तुजुक र जुँगाको लडाई टोले भीडन्तमा देखिन्थ्यो भने फुलटेक्रा रोडमा राणाहरूको दबदबाको प्रदर्शन । राजभवन अगाडिबाट कसैले पनि नयाँ लुगा, जुत्ता लगाउन, छाता ओढ्न, घोडा चढ्न पाउँदैनथे । कसैले दुस्साहस् ग¥यो भने कुटाई पाउँथ्यो । बटुवाहरू नयाँ कपडा र जुत्ता मोटरीमा राखेर राजभवन अगाडिको सडक पार गर्थे । घोडाबाट उत्रिन्थे, छाता बन्द गर्थे ।

भिजलान्ते भर्सेज प्रजातन्त्रवादी
तन्नेरीका तुजुक र जुँगाको लडाइ मात्रै नभई भीडन्तको अर्को रूप राजनैतिक टकराव पनि थियो । सरकारले व्यवस्थाको रक्षामा भिजलान्ते ग्रुप तयार गरेको थियो । त्यसको अप्रत्यक्ष संरक्षक अञ्चलाधीश हुन्थे ।

विद्यार्थीमा राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन भनिए पनि पञ्चायत विरोधीहरूले मण्डले भन्थे । उनका दादा–गिरी र वैधानिकताको रक्षा पुलिस प्रशासनले गथ्र्याे । बजारमा २ क्लब थिए । प्रजातन्त्रवादीहरू दीपेन्द्र युवा क्लबमा संगठित थिए ।

दीपेन्द्रको नाम र फत्ते सिंह थारूको (जिल्ला सभापति) संरक्षक रहेकाले सिधै प्रशासनले आक्रमण गर्दैनथ्यो । तर, दीपेन्द्र युवा क्लब र सत्ता संरक्षित गुराँस स्पोर्ट क्लव बीच चोक बजार, फिल्महल, बागेश्वरी जहाँ पनि हिंस्रक भीडन्त सामान्य विषय हुन्थे ।
२०३६ मा अखिल र ने.बि. संघको संयुक्त प्यानल क्याम्पसमा चुनाव लड्यो । त्यसमा अखिलका बद्रि प्रसाद कोइराला निर्वाचित भए । तव विद्यार्थीहरूले विजय जुलुसमा ‘वि.पी. कोइराला जिन्दावाद’ को नारा लगाउँदै बजार परिक्रमा गर्दा प्रशासनले रोक्यो । तब प्रदर्शनकारी विद्यार्थीले “हामीले नारा हाम्रै नेता बद्रिप्रसाद कोइराला हुन् भनी लगायौं, तर तिमीले सोच्यौ, विश्वेश्वर प्रसाद कोइराला ।”

हेमन्त कर्माचार्य सम्झन्छन् : तब प्रशासनले भन्यो – “खुब चतुर छौ, हामीले पनि बुझेका छौं, वि.पी. जिन्दावादको अर्थ ।” यसरी पनि विद्यार्थीहरूले व्यवस्था विरोध गर्थे ।

ने.वि. संघ र अखिलबीच यस्तो सम्बन्ध निरन्तर टिकिरहन सकेन, कालान्तरमा भीडन्तमा फेरियो । क्याम्पसको सो भीडन्तलाई मण्डलेहरू रमिता देख्न थाले भने क्याम्पसका शिक्षकहरू पनि बाँडिए । २०४३ को चुनावमा त अखिलको तर्फका सभापति टि.एन. शर्मा (तोयानाथ थपलिया), उपसभापतिमा गोविन्द बन्दी (गोविन्द प्रसाद कोइराला, हालका कानुन् मन्त्री) टेक नामको उम्मेदवारीमा कानुनी अड्चन ने.वि.संघले उठायो मात्रै हैन, तनाव पनि श्रृजना भयो । अखिलले चुनाव वहिस्कार ग¥यो ।

क्याम्पस रण क्षेत्र बन्दा ने.वि. संघ भर्सेज अखिल मात्रै हुँदैनथ्यो, बाहिरिया भर्सेज स्थानिय पनि हुन्थे । अँझ शिक्षा क्याम्पसमा कम्युनिष्टहरू धेरै भएकाले होस्टेलमा समेत ने.बि. संघको आक्रमण हुन्थ्यो ।

विकास क्षेत्रको अवधारणा अनुसार यसक्षेत्रका विद्यार्थीलाई अन्यत्र अध्ययन सहज थिएन । एस. एल. सी. पछि नेपालगन्जनै जान विवस हुन्थे । काठमाण्डु जाँदा त्यहाँ नोकरी वा आश्रयजन भएको प्रमाणित गराउनु पथ्र्यो भनेर दाङ्गका लेखक/पत्रकार सुशील गौतम भन्छन् ।

दादागिरीमा मधिसे र मस्लिम समाज भने सामेल हुँदैनथ्यो । गगनगन्जको टोले दादागिरी थियो । तर उ झगडाको विषयलाई हेरेर कहिले घरवारी टोल, कहिले गडिहनपुरूवाको पक्षमा रहन्थ्यो । सिनेमा प्रेमीहरू नानपारा र बहराइच सिनेमा हेर्न जान्थे । फर्केर आउँदा झौवा भरी हरियो तरकारी पनि ल्याउँथे । तन्नेरी ऐठन त्यहाँ पनि हुन्थे । पिट्नु, पिटिनु, घाइते हुनु सामान्य विषय बनेको हुन्थ्यो । नेपालगन्जियाहरूका नानपारा र बहराइचमा पनि ग्याङ फाइट् हुन्थे ।

खेलाडी र कलाकार
एकातर्फ त टोले भीडन्तले नेपालगन्जमा दादा संस्कृति फैलिएको थियो, अर्कातर्फ पहिचानका खोजीमा रहेका तन्नेरीहरू टोले ग्याङ फाइट्मा संलग्न हुन्थे । तर अन्य तन्नेरीहरू भने स्पोर्ट टिममा सहभागी हुन्थे ।

खेलकुद क्लवलाइ मण्डले करण गर्ने सरकारी अभ्यासमै गुराँस स्पोर्ट क्लव स्थापना गराइएको थियो । घरबारी टोल जति दादागिरीको लागि चर्चित थियो । त्यतिकै राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने गौरवता पनि पायो । ओलम्पियन देखि राष्ट्रिय रूपकै किर्तिमानी खेलाडी, कलाकार, सिनेकर्मी र गायकको जन्मथलो पनि घरबारी टोल बन्यो ।

अहिले भने अधिकांस गुराँस स्पोर्ट क्लवका अगुवाहरु कांग्रेस बनेका छन् । घरबारी टोल पंचायतका नेता देखि प्रतिवन्धित कालमा कांगे्रसका नेताको वासस्थली पनि हो ।

जिम्दार र रवाफ
बाँके, बर्दिया र कैलालीका जिम्दारहरूको कोठार/जिम्दारी थलोमा रहे पनि स्थाई घर, हवेली भने नेपालगन्जमा नै हुन्थे । सामन्तधन्, सम्पति, जग्गा–जमिनमा मात्रै हुँदैन, इष्र्या, तुजुक र रवाफ प्रदर्शनका सामन्ति संस्कृतमा अँझ हुन्छ । उनिहरु तुजुक र जँुगाका लडाई आपसमा आ–आफ्नै तरिकाले लड्थे ।

अधिकांश कोठार वाहवेलीमा भारतीय अपराधीहरूको संरक्षण थलो हुन्थ्यो । डकैत गराएर हिस्सा लिन्थे । कसरी अर्को जिम्दारको सेंखी झार्ने खेल देखिन्थे । त्यसैले सामन्ति तुजुक थलो टोले भीडन्तका रूप लिन्थे ।

अहिलेको अवस्था
उमेर ढल्कँदै जाँदा अहंकार पनि टुट्दै जान्छन् । समयसँगै विश्वास भत्कन्छ । सुन्दरताका अर्थ फेरिन्छन् । आवेग, संवेदना, तुजुकका तरिका र प्रेमका रूपहरू बदलिँदै जान्छन् । टोले झगडा राजनीतिक प्रतिस्पर्धामा फेरिए भने व्यापार र शिक्षा क्षेत्रका चरित्र पनि । समय बित्दै जाँदा, प्रतिस्पर्धाका रूप फेरिँदै जाँदा गम्भिर भएर विगत नियाल्दा आफ्नै कृत्यलाई धिक्कार गरेर पछुताउन पनि थालिन्छ ।

कुनै दिन आफैलाई नियाल्दा आफ्नै हिँजोका भूमिका ब्यंग्य बन्छन् । आर्थिक उत्पादन चरित्र र सम्बन्धस“गै सहरका चरित्रहरू समयसँग फेरिँदै गएझंै नेपालगञ्जका टोले भीडन्त अहिले कथा बने ।

 

 

 

Next Post

ब्याजदर नघटाय आन्दोलन गर्ने नेपालगन्ज उद्योग बाणिज्य संघको चेतावनी

२०७९ आश्विन ६, बिहीबार ११:४९
नेपालगन्ज । राष्ट्र बैंकले निर्धारण गरेको ब्याजदरमा गरेको वृद्धिको बिरोधमा  व्यवसायीहरुले विभिन्न आन्दोलन गर्ने घोषणा गरेका छन् । बिहिवार नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा सो आन्दोलन गर्ने घोषणा गरिएको हो । बैंक तथा वित्तिय संस्थाहरुले असोज १ गते देखि लागु हुने गरि ब्याजदरमा गरेको वृद्धिले कर्जाको ब्याजदर […]