राजश्व कार्यालय नेपालगंजका प्रमुख शरद चन्द्र पौडेलको विदाई

  ।   २०७९ भाद्र २७, सोमबार १६:३५

संवाददाता, नेपालगंज ।

आन्तरिक राजश्व कार्यालय नेपालगंजका प्रमुख शरद चन्द्र पौडेलको विदाई गरिएको छ । आइतबार खजुरा स्थित कपास विकास समितिले एक कार्यक्रमका बीच पौडेललाई मायाको चिनो हस्तान्तर गर्दै विदाई गरेको हो ।

कपास विकास समितिका अध्यक्ष हेमन्तराज काप्ले, कार्यकारी निर्देशक बुद्ध थापा घर्ती, कपास विकास अधिकृत विजय कुमार जोशी सहितका कर्मचारीले पौडेलको कपास प्रतिको चिन्ता र चासोको उच्च सम्मन गर्दै विदाई गर्नुभएको छ ।

पौडेल अर्थमन्त्रालयको प्रतिनिधिका रुपमा कपास विकास समिति संचालक सदस्य पनि रहनुभएको थियो ।

यस्तै नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतका पदाधिकारीले पनि पौडेलले दुई बर्षेको अवधिमा ब्यवासायिलाई दिएको सहजीकरणको प्रशांसा गर्दै विदाई भेट गर्नुभएको छ ।

 

Next Post

बाँके क्षेत्र नं. १ मा माओवादीबाट ६ दाईहरु सँगै एक बहिनी कृष्णा केसी (नमुना) सिफारिस

२०७९ भाद्र २७, सोमबार १६:३५
नेपालगन्ज । आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागि बाँके क्षेत्र नम्बर १ बाट लुम्बिनी प्रदेश सांसद कृष्णा केसी(नमुना) सहित अरु ६ दाईहरु सिफारिस हुनु भएको छ । नमुना २०७४ सालको निर्वाचनमा संघीय सांसद दावी गर्दागर्दै पछि प्रदेश सांसदमा चित्त बुझाएर जित हासिल गर्नु भएको थियो । खेलकुद मन्त्री महेश्वर […]