दान दिएको रगत बिरामीले पनि निःशुल्क पाउनुपर्छ भन्ने पहिलेदेखि नै आवाज उठिरहेको बेला रगतको मूल्य बढ्यो

  ।   २०७९ जेष्ठ २१, शनिबार १६:३०

संवाददाता ।

सरकारले रगतको मूल्य बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दानबाट प्राप्त हुने रगत र रक्त तत्वको मूल्य बढाएको हो ।

स्वस्थ व्यक्तिले सेवा भावले विभिन्न रोग लागेर उपचार गराइरहेका बिरामीलाई चढाउनका लागि दान दिएको रगत बिरामीले पनि निःशुल्क पाउनुपर्छ भन्ने पहिलेदेखि नै आवाज उठिरहेको बेला सरकारले रगतको मूल्य बढाएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो पटक बढाएको रगतको मूल्य प्रतियुनिट रगतको सेवा शुल्क ८१० देखि अधिकतम १६४० सम्म कायम गर्न सकिने बताएको छ । यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो ।

बढेको मूल्यअनुसार सेवाग्राहीलाई रगत उपलब्ध गराउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सबै रक्तसञ्चार केन्द्रहरुलाई समेत पठाइसकेको छ । मूल्य बढेकोले रगत चाहिने व्यक्तिसँग त्यस बापतको शुल्क उठाएको भन्दै आएको छ ।

गत २२ चैतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट भएको जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । रगतको मात्रै नभएर रगत राख्ने ब्याग, ट्रान्सफूजन सेटहरुको समेत मूल्य बढाइएको छ ।

जसलाई भेराइबल कस्टिङसमेत उल्लेख गरिएको छ । बढाइको मूल्यमा व्लड ब्यागको १५० रुपैयाँ उल्लेख छ । यसअघि यसको मूल्य ८० रुपैयाँ थियो । यसअघि ट्रान्सफुजन सेट ३० रुपैयाँ रहेकोमा अब त्यसको मूल्य १०० रुपैयाँ कायम गरिएको छ ।

#रगत_बिरामी_निःशुल्क

थाहा खबरबाट

Next Post

दृष्टिविहीनका लागि समेत अनुकुल हुने गरी पहिलो पटक २० रुपयाको नयाँ सिक्का जारी

२०७९ जेष्ठ २१, शनिबार १६:३०
संवाददाता । भारत सरकारले आज दृष्टिविहीनका लागि समेत अनुकुल हुने गरी पहिलो पटक २० रुपयाको नयाँ सिक्का जारी गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक समारोहका बीच २० रुपयाका सिक्का सार्वजनिक गर्नुभएको हो । उक्त सिक्काको आकार २० मिलिमिटर रहेको छ भने तौल ८ दशमलव ५४ ग्राम रहेको छ […]