कुसल नेतृत्व र सक्षम ब्यवस्थापन दुबैको संयोजनले नेपालमा लोडसेडिङको अन्त्य संगै उज्यालो युगको सुवात भएको हो । दैनिक १८ घण्टा लोडसेडिङ झेलेका जनताले उज्यालो हुँदा चमत्कार नै भएको अनुभुती गरे।
कसरी सम्भब भयो ?
तत्कालीन प्रधानमन्त्री प्रचण्डको साथ उर्जा मन्त्री जनार्दन शर्माको नेतृत्व, कुसल ब्यवस्थापक कुलमान घिसिङ सबैको संयोजनले यो सम्भब भएको हो । यो एक्लै सम्भब थिएन, भ्रष्ट दलाल माफियाहरुको परिबन्दनमा परेको प्राधिकरणलाई नाफामा ल्याउन तेति सम्भब थिएन । सबै खाले बेथितिको अन्त्य गर्न सझिलो थिएन तर तिनै जनाको सहयोग सहकार्य र मेहनतले लोडसेडिङको अन्त्यले सोलार ब्यापारी, इन्भटर व्यापारी लगाएत धेरै माफियाको निद्रा हाराम गर्ने नेतृत्व सथै उज्यालो नेपालका अभियान्तालाई सलम !
फेरि माफिया निद्राबाट ब्युझदै छन् । शक्ति केन्द्र धाउन ब्यस्त छन, कुलमानलाई बदनाम गर्न ब्यस्त छन् । को हिरो हो ? को भिलेन अथवा माफिया हो, त्यो जनताले राम्रै संग थाहा पाइसकेका छन् ? त्यस्तै ऋषि धमलाको जनता जान्न चाहान्छ कार्यक्रममा अतिथिको रुपमा नेपाल बिद्युत प्राधिकरणका पुर्ब कार्यकारी निर्देशक मुकेश काफ्लेले लोड सेडिङको अन्त्य आफ्नो कार्यकाल देखि सुरुवात गरेको भनी अभिव्यक्ति दिन कत्ति पनि लाज नलागेको देख्दा हासो लागेर आयो, देश लाई अँध्यारो तिर लिन खोज्ने इनभटर ब्यापारी र भ्रष्ट कमिसन खोरीको घेरामा बसि प्राधिकरणको अर्बौं नोक्सान गर्ने माफियाले फेरि प्रधानमन्त्रीलाई खुशी पारेर प्राधिकरणको कार्यकारी निर्देशक बन्ने दाउमा रहेको उनको अभिव्यक्तिबाट प्रष्ट हुन्छ ।
के प्राधिकरणमा अरु सक्षम, योग्य अथवा कुलमान घिसिङको उत्तरधिकारी कोहि पनि छैनन् र ? के उनको टिममा अरु इमानदार कर्मचारी छैनन् र ? किन चाहियो भ्रष्ट कमिसन खोर मुकेश काफ्ले ? नेपाली जनताको अभिमत लाई समेत निर्णयक होइन भन्नू कत्तिको अपमान गरेको हो ? जनताले चाहे भने के गर्न सक्दैनन र ? काम गर्ने र इच्छा शक्ति भएका कर्मचारीहरुलाई हातखुट्टा बाधेर फाल्ने साथै आफू शक्ति केन्द्र धाउने, ईश्वर दाइने बनाउन खप्पिस मुकेशकाफ्लेलाई कुनै पनि हालतमा कार्यकारी निर्देशकमा नियुक्ति गर्नु हुदैन । यस्तो हर्कत देख्दा सरकार कम्युनिस्टको सरकार होइन कमाउनिष्टको सरकार हो भन्ने छर्लङ्ग हुन्छ, बाकी ईश्वरका सम्धिले जानुन ।
कुलमान घिसिङ प्राधिकरणमा होइन, अब घिसिङ नेपाल बायुसेवा निगमको कार्यकारी निर्देशक हुनु पर्छ । भ्रष्ट र कमिसन खोरीहरुको पन्जामा परेको निगमलाई नेपाल एरलाइन्स अथवा राष्ट्रिय ध्वजाबाहकलाई बिश्व सामु चिनाउन र डुबेको निगमलाई कुसल ब्यवस्थापन चाहिएको छ । त्यो कुलमा घिसिङमा ब्यवस्थापकिय क्षमता छ । कमिसन र भ्रष्टाचार जरो उखेल्न त्यो क्षमता र साथ भए काफी हुन्छ । त्यसैले कुलमान घिसिङलाई प्राधिकरणमा होइन निगममा आवश्यक छ ।