७ दिन नेपालगंजमा कोरोना संक्रमणको फैलावट साङलो तोड्न लकडाउन

  ।   २०७८ बैशाख ८, बुधबार १३:१२

संवाददाता, नेपालगंज ।

बाँकेको नेपालगंज उपमहानगरपालिका क्षेत्रमा आज राती १२ बजे देखी वैशाख १५ गते राती १२ बजेसम्म लकडाउन जारी गरिएकोे छ ।

नेपालगंज उपमहानगरपालिका क्षेत्रमा ७ सय ३५ जना भन्दा बढी सक्रिय संक्रमित बिरामी पुगेर अस्पतालहरु समेत भरीएपछि जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको सिफारिस अनुसार लकडाउन जारी गरिएको हो ।

लकडाउनका बेला स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, फोहोरमैला ब्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा, पूर्वनिर्धारत परीक्षा, हवाई सेवा संञ्चालन हुनेछन ।

यसैगरी एम्बुलेन्स, शववाहन, दमकल, झन्डावाल सवारी र निलो (कुटनीतिक) प्लेटका सवारी साधानहरु, लामो दुरीका सवारी तथा मालवहाक साधान, निर्माण समाग्री बोकेका र ढुवानीका सवारी साधान, अत्यावश्यक सेवामा खटिएका जनशक्तिले प्रयोगका तथा अनुमति .(पास) लिएका सवारी साधानहरु संञ्चालन हुनेछन ।

दैनिक उपभोग्य बस्तु तरकारी, खाद्य, दुध, ग्यासका पसलहरु बिहान ६ बजेदेखी ९ बजे सम्म संञ्चालन गर्न पाईनेछ ।

अतिवाश्यक सेवामा खटिएका जनशक्ति, कर्मचारीहरुले परिचाय पत्र तथा कागजातहरु साथमा राखी मास्कको प्रयोग गरी जनस्वास्थ्यका मापदण्ड अनिवार्य प्रयोग गरेको हुनुपर्नेछ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी द्धारा जारी आदेश यस्तो छ । हेर्नुहोस ।

Next Post

जंगलमा पानी बिनाको पोखरी..

२०७८ बैशाख ८, बुधबार १३:१२