माधव नेपाल कोरोना संक्रमित

  ।   २०७८ पुष २८, बुधबार ०७:२०

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कोरोनाभाइरसबाट संक्रमित हुनुभएको छ ।

आशंका लागेर स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । कोटेश्वरस्थित निवासमा आराम गरिरहेका अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसैगरी, एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल पनि कोरोनाभाइरसबाट संक्रमित हुनुभएको छ । – रासस

Facebook Notice for EU! You need to login to view and post FB Comments!

Next Post

वाग्मतीसहित पाँच प्रदेशमा वर्षा हुने, केही स्थानमा हिमपातको सम्भावना

२०७८ पुष २८, बुधबार ०७:२०
काठमाडौं । आज देशका केही स्थानमा हल्का वर्षा र केही स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नम्बर- १ र प्रदेश नम्बर- २ सहित देशका पहाडी भू–भागहरूमा सामान्य बदली छ । बाँकी स्थानहरूमा आंशिक बदली […]