माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल चयन

  ।   २०७८ पुष १, बिहीबार १४:५५

संवाददाता ।

नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल चयन हुनुभएको छ । दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको थियो ।

त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बरालको नाम टुंगो लगाएको माओवादी केन्द्रका नेताले जानकारी दिएका छन । माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा बराल सर्वसम्मत अध्यक्ष बन्नुभएको हो ।

प्रदेश अध्यक्षमा रोल्पाका दीपेन्द्र पुन र दाङका होमराज शर्माले पनि दावी गर्दै आउनुभएको थियो । तर दुवै जना २ सय १७ सदस्यीय प्रदेश समितिमै नपरेपछि बराल सर्वसम्मत अध्यक्ष हुनुभएको हो ।

प्रदेश समितिका अरु पदाधिकारी भने टुंगो लागेको छैन । बराल लुम्बिनी प्रदेशको पूर्व सामाजिक विकास मन्त्री समेत रहनुभएको छ ।

माओवादीले प्रदेश समितिमा तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । २ सय ५३ सदस्यीय समितिमा ११ जना विभिन्न कलष्टरबाट मनोनित गर्ने माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका नेताहरुको भनाई छ ।

अनलाइन खबरबाट

Next Post

राष्ट्रिय सभा निर्वाचनका लागि ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्रहरू तोकिए

२०७८ पुष १, बिहीबार १४:५५
संवाददाता । निर्वाचन आयोगले फागुन १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्रहरू रहने जानकारी दिएको छ । आयोगका अनुसार प्रदेश १ मा २ वटा मतदान स्थल केन्द्र र […]