सात बुँदे माग सहित नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा

  ।   २०७८ कार्तिक १, सोमबार १९:२६

नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । तलव वृद्धि, लगायतका विभिन्न सात बुँदे माग राखेर कर्मचारीहरु आन्दोलनमा उत्रिएका   हुन् ।

सो संस्थामा रहेका कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको संयुक्त नेतृत्वमा असोज ११ गतेदेखि कर्मचारीहरु हातमा कालो पट्टी बाँधेर आफनो काम गरिरहेका युनियनको सयुक्त नेतृत्वले जनाएको छ । विजया दशमीका कारण आन्दोलनलाई केही खुकुलो बनाएका युनियनले भोलिदेखि अझ सशक्त रुपमा आन्दोलनमा उत्रिने आन्दोलन परिचालन समितिका केन्द्रीय  संयोजक यम बहादुर खड्काले जानकारी दिनुभयो ।

आन्दोलनबारे जानकारी दिन आज आयोजना गरिएको पत्रकारसम्मेलनमा संयोजक खड्काले विगत ५ वर्षदेखि तलव भत्ता वृद्धि नगरिएको, जहिल्यै पनि कलेज घाटामा गएको छ भन्दै कर्मचारीका मागहरुलाई बेवास्ता गरिरहेकाले  भोलि मंगलवार देखि प्रशासनिक कार्यालयहरुमा तालाबन्दी गरेर थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने उहाँले बताउनुभयो ।

यस्तै कर्तिक ३ गते बुधवार आधा दिन ओ-पी-डी- सेवा बन्द गर्ने र बिहिवार देखि आपतकालिन सेवा बाहेकका सम्पूर्ण कार्यहरु बन्द गरिने पनि उहाँले बताउनुभयो । तलवभत्ता वृद्धि हुनुपर्ने, दरवन्दी सिर्जना, रात्री कालिन खाजा भत्ता, औषधि उपचार भत्ता, पदपूर्ति र बढुवा हुनुपर्ने, अवकाश, उपदान, बीमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनु पर्ने लगायतका मागहरु उनीहरुका रहेका छन् ।

व्यवस्थापन पक्ष र कर्मचारी युनियनका नेताहरुले पटकपटक वार्ता र छलफल गरेको तर कुनै निष्कर्ष ननिस्के पछि वाध्य भएर आन्दोलनमा होमिएको कर्मचारी संगठनका सभापति कुश्माखर बश्यालले बताउनुभयो । अस्पतालमा बेड खालि छैनन्, अस्पतालले लिने सेवा शुल्कमा वृद्धि गरिएको छ, दैनिक आम्दानी पहिलेको भन्दा धेरै वृद्धि भएको छ तर जहिले पनि घाटामा संस्था छ भन्दै कर्मचारीहरुलाई अन्यौलमा पार्दै अहिलेको महंगी विगत ५ वर्षदेखि तलव भत्ता नबढाएको हुदा आन्दोलन गरेको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनिर खानले बताउनुभयो ।                                                                                                           आन्दोलनलाई सफल र सशक्त बनाउनका लागि शिक्षण अस्पताल नेपालगन्जमा आन्दोलनको संयोजक कर्मचारी संगठनका बरिस्ठ उपसभापति मुस्लिम खानलाई संयोजक, सह संयोजक कर्मचारी संघका केन्द्रीय बरिस्ठ उपसभापति पुरन सिंह ठकुरी, शिक्षण अस्पताल कोहलपुरमा कर्मचारी संगठनको महासचिव रत्ना गिरीलाई आन्दोलनको संयोजक र कर्मचारी संघका केन्द्रीय महासचिव दयाराम भट्टराईलाई सह संयोजक, त्यसैगरि बेसिक साइन्स चिसापानीमा संयोजक कर्मचारी संघका केन्द्रीय सचिव नारायण प्रसाद पोखरेललाई संयोजक र कर्मचारी संगठनका चिसापानीका बिभागीय अध्यक्ष शेरेन्द्र कुमार सोनीलाई सह संयोजक बनाइएको आन्दोलन मुल कमिटीका संयोजक यम बहादुर खड्काले बताउनुभयो ।
कर्मचारी युनियनले राखेका मागपत्र :

Next Post

लगातारको पानी, धानबारी जलाम्मे, किसान चिन्तित्

२०७८ कार्तिक १, सोमबार १९:२६
संवाददाता, नेपालगन्ज आइतबार दिउँसो देखी पर्न शुरु गरेको हावाहुरी सहितको पानीले भित्राउने तयारीमा रहेको धानबालीमा असर गरेको छ । धान उत्पादनका हिसाबले महत्वपुर्ण मानिने बाँके, बर्दियाका अधिकांशका किसानका खेतबारीहरु यतिबेला पानीले जलाम्मे बनेका छन । काट्दै गरेको अवस्थामा धान खेतबारीमै थन्कीएपछि यता किसानहरु चिन्तित बनेका छन् । कहाँ कति क्षति […]