हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण

  ।   २०७८ आश्विन १३, बुधबार १५:५८

संवाददाता ।

एक पछि अर्को क्षेप्यास्त्र परीक्षण गरिरहेको उत्तर कोरियाले आफूले मङ्गलवार हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ ।

ह्वासङ्–८ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजना अन्तर्गत तयार गरिएका ’महत्वपूर्ण पाँच हतियार’ प्रणाली मध्ये एक भएको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन ।

उनीहरूले नयाँ क्षेप्यास्त्र ’रणनीतिक हतियार’ भएको जनाएका छन । जस अन्तर्गत साधारणतया आणविक क्षमताका हतियारहरू भन्ने बुझिन्छ ।

मङ्गलवारको परीक्षणले कडा प्रतिबन्धका बीच पनि प्योङयाङ अस्त्र विकास र निर्माणको कामलाई निरन्तरता दिएको थप सङ्केत गरेको छ । “यो हतियार प्रणालीको विकासले हरेक कोणबाट देशको आत्मरक्षा क्षमतालाई थप वृद्धि गरेको छ,“ उत्तर कोरियाको सरकारी मुखपत्र कोरियन सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ ।

यो उत्तर कोरियामा एकै महिनाभित्र भएको तेस्रो क्षेप्यास्त्र परीक्षण हो । यसअघि पनि उत्तर कोरियाले नयाँ प्रविधिको लामो दूरीमा मार हान्न सक्ने क्रुज क्षेप्यास्त्र परीक्षण गरेको थियो । उक्त क्षेप्यास्त्रले जापानसम्म मार हान्न सक्ने बताइएको छ ।

त्यसअघि पनि उसले बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

साधारण क्षेप्यास्त्र भन्दा हाइपरसोनिक क्षेप्यास्त्रले तीव्र र थप लक्ष्य भेटन गर्न सक्ने क्षमताका हुने भएकाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट रोक्न कठिन हुने समाचार संस्था एएफपीले जनाएको छ ।

परीक्षणबाट यो ’क्षेप्यास्त्रको गन्तव्यमा नियन्त्रण स्थिरता’ को पुष्टि गरेको कोरियन सेन्ट्रल न्यूज एजेन्सीले उल्लेख गरेको छ ।

बीबीसी नेपालीबाट

Next Post

जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रूपमा फुमिओ किशिदा निर्वाचित

२०७८ आश्विन १३, बुधबार १५:५८
संवाददाता । जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रूपमा फुमिओ किशिदा निर्वाचित हुुनुभएको छ । लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को निर्वाचन समितिले बुधवार उहाँलाई निर्वाचित भएको घोषणा गरेको हो । जापानका पूर्व विदेश मन्त्री समेत रहनुभएका किशिदाले २५७ मत ल्याएर जित हासिल गर्नुभएको निर्वाचन समितिले जनाएको छ । उहाँका प्रतिस्पर्धी तारो […]

सम्बन्धित समाचार