जस्टिन बिबरको वृत्तचित्र ‘अमेजन प्राइम’मा प्रिमियर हुँदै

  ।   २०७८ भाद्र २४, बिहीबार ०६:४१
मुम्बई । क्यानडियन गायक जस्टिन बिबरमाथि बनेको वृत्तचित्र ‘अमेजन प्राइम’ मा रिलिज हुने भएको छ । अवार्ड विजेता माइकल डी र्याटनेरले निर्देशन गरेको वृत्तचित्र ८ अक्टोबरमा प्रिमियर हुने अमेजन प्राइमले बुधबार जनाएको हो । 

‘जस्टिन बिबरः आवर वल्र्ड’ ले गायक बिबरको भित्री पाटो र तीनवर्षमा उनको पहिलो फुल कन्सर्ट लगायत उत्साहजनक खुलासा गर्ने बताइएको छ ।

यसका साथै वृत्तचित्रले २७ वर्षीय गायकका प्रशंसकलाई ब्याकस्टेज, अनस्टेज र किशोर सांगीतिक आइकनको व्यक्तिगत पाटो पनि देखाउने छ । यसमा उनी र उनकी पत्नी हेलीको नजिकका दृश्यहरू पनि देखाइने छ ।

कोरोना महामारीले पछिल्लो करिब ३ वर्षदेखि स्टेज कार्यक्रम लगायत सबै ठप्प हुँदा बिबरले सन् २०२० लाई गजब्बले बिदाइ गरेका थिए । उनले वेभर्ली हेलटन होटलको कौशीमा आमन्त्रित २४० जना पाहुनाको उपस्थिति र लाखौँ फ्यानसँँग लाइभ जोडिएर मनोरञ्जन दिएका थिए ।

बिबरको वृत्तचित्र २४० देशमा एकैपटक प्रदर्शनी हुनेछ । रटनारको ओबीबी पिक्चर्स, बिबर टाइम फिल्म्स्, र स्कुटर ब्राउन फिल्म्सको संयुक्त लगानीमा निर्माण भएको वृत्तचित्र प्रदर्शनका लागि रटनार निकै उत्साहित छन् ।

वृत्तचित्रबारे अमेजन स्टुडियोकी प्रमुख जेनिफर साल्क भन्छिन्, “यो जस्टिन र उनका नजिकका व्यक्तिहरूको एउटा कच्चा र अभूतपूर्व स्न्यापसट हो ।” इन्डियन एक्सप्रेसबाट ।

Next Post

असोज १ गतेबाट हुलाकले राहदानी पनि वितरण गर्ने

२०७८ भाद्र २४, बिहीबार ०६:४१
संवाददाता । परम्परागत रूपमा चिठी पत्र बोक्ने परिचय भएको हुलाक सेवाले आफ्नो पहिचानलाई नयाँ शैलीमा स्थापित गर्ने भएको छ । हुलाकले विदेशमा झैँ सरकारी दस्ताबेजहरू खासगरी राहदानी विभागबाट जारी राहदानीहरू तोकिएका सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई हस्तान्तरण गर्ने कामको सुरुवात गर्ने भएको हो । हुलाक सेवा विभागको तर्फबाट महानिर्देशक आभा श्रेष्ठ […]