असोज १ गतेबाट हुलाकले राहदानी पनि वितरण गर्ने

  ।   २०७८ भाद्र २४, बिहीबार १५:३९

संवाददाता ।

परम्परागत रूपमा चिठी पत्र बोक्ने परिचय भएको हुलाक सेवाले आफ्नो पहिचानलाई नयाँ शैलीमा स्थापित गर्ने भएको छ ।

हुलाकले विदेशमा झैँ सरकारी दस्ताबेजहरू खासगरी राहदानी विभागबाट जारी राहदानीहरू तोकिएका सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई हस्तान्तरण गर्ने कामको सुरुवात गर्ने भएको हो ।

हुलाक सेवा विभागको तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्ण र राहदानी विभागको तर्फबाट महानिर्देशक डोर प्रसाद अर्यालले बुधवार एक समारोहका बिच समझदारी पत्रमा हस्ताक्षर गरेसँगै जिल्ला प्रशासन कार्यालयहरूले हुलाक कार्यालयबाटै राहदानी बुझ्न सक्नेछन् ।

सम्झौता २०७८ साल असोज १ बाट लागु हुनेछ । प्रारम्भिक चरणमा विभागले राहदानी विभागबाट जारी राहदानी पुलिन्दाहरू पूर्व–पश्चिम लोकमार्गमा रहेका हुलाक कार्यालयहरूसम्म ओसार पसार गर्ने छ ।

उक्त हुलाक कार्यालय रहेको जिल्ला प्रशासन कार्यालयले सो राहदानी पुलिन्दाहरू तत्तत् हुलाक कार्यालयबाट बुझिलिने छन ।

त्यस्ता राहदानी पुलिन्दामा राहदानी विभाग र हुलाक सेवा विभागले तोकेका सो आसपासका जिल्लाहरूको राहदानीसमेत पठाइने व्यवस्था मिलाइने विभागकी महानिर्देशक कर्णले बताउनुभयो ।

प्रशासन डटकमबाट

Next Post

एस्ट्राजेनेकाको खोपका कारण बालबालिकामा 'साइड इफेक्ट' हुन सक्ने

२०७८ भाद्र २४, बिहीबार १५:३९
एजेन्सी । युरोपको औषधि नियामक कम्पनीले एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोपका कारण बालबालिकामा घियनब्यारे सिंड्रोम हुन सक्ने जनाएको छ । युरोपियन मेडिसिन एजेन्सी (ईएमए)ले एस्ट्राजेनेकाले उत्पादन गरेको खोपका कारण बालबालिकामा घियनब्यारे सिंड्रोमको खतरा रहेको जनाएको बीबीसीको खबरमा उल्लेख छ । घियनब्यारे सिन्ड्रोम एक प्रकारको दुर्लभ बिमारी हो । यो रोगका कारण बालबालिकामा […]