नेपालगन्ज । कपिलवस्तुको चोरखोलामा पहिरो गएपछि पुर्व-पश्चिम राजमार्गमा चल्ने गाडीहरु अवरुद्ध भएका छन् । आज बिहीवार बिहान करिव ८ बजे तिर पहिरो गएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण पुर्व-पश्चिम जाने-आउने गाडीको लाम लागेको छ भने सडक खुलाउन सडक कर्मचारी र डोजरले काम गरिरहेका छन् ।
प्रहरी कार्यालय भालुबाङको सक्रियतामा दिउँसो १२ बजे सडक खुलाएको छ । सयौंको लाममा लागेका बस, मोटरसाइकल, जिप, कार लागाएतका साधनहरु सुचारु भएका छन् ।
हिजो साझ देखि परेको बर्षाले पुर्व पश्चिम राजमार्गका दर्जनौं ठाउँमा पहिरो गएको छ ।