
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने छ ।
शनिबार भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफलका लागि ८ वटा समूह विभाजन गरिएको थियो । उक्त समूहगत छलफलको निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिने छ ।
अध्यक्ष प्रचण्डले पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राख्नुभएको हो ।
शनिबारको बैठकमा उहाँले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै विधान संशोधनको प्रस्ताव पनि पेश गरिएको छ ।



