बंगलादेशमा विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ को मृत्यु, बेहुलासहित १४ घाइते

  ।   २०७८ श्रावण २१, बिहीबार ०८:०३

एजेन्सी । बंगलादेशमा एउटा विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ । घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन् ।

तटीय क्षेत्र शिवगंजमा जन्तीहरु डुंगाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङले भेटेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार एकैपटक थुपैं चट्याङ खसेको थियो । बंगलादेशमा हरेक वर्ष चट्याङले ठूलो जनधनको क्षति हुने गरेको छ ।

सन् २०१६ को मे महिनामा बंगालादेशमा एकै दिन चट्याङ लागेर ८२ जनाको मृत्यु भएको थियो । उक्त महिनाभर चट्याङबाट ज्यान गुमाउनेको संख्या २ सय नाघेपछि सरकारले चट्याङलाई प्राकृतिक विपती घोषणा गरेको थियो ।

विज्ञहरुले पछिल्ला वर्षमा चट्याङको घटना बढ्दै जानुमा वन विनाशलाई मूख्य कारण मानेका छन् ।

Next Post

टोकियो ओलम्पिकमा आज १२ खेलका २७ स्वर्ण पदकको भिडन्त

२०७८ श्रावण २१, बिहीबार ०८:०३
एजेन्सी । टोकियो ओलम्पिकमा आज १२ खेलका २७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सर्वाधिक ८ स्वर्ण पदकको टुंगो लाग्दैछ । यसैगरि ओलम्पिकमा पहिलो पटक समावेश गरिएको स्पोर्ट्स क्लाईम्बीङको पुरुषतर्फको भिडन्त पनि आज हुँदैछ । ओलम्पिकको १३ औं दिन अहिलेसम्म ३२ स्वर्ण पदकसहित चिन शिर्ष स्थानमा रहेको छ […]

सम्बन्धित समाचार