सुदूरपश्चिममा बुधबारदेखि कोरोना खोप लगाइने

  ।   २०७८ श्रावण १२, मंगलवार ०७:३६

धनगढी । सुदूरपश्चिम प्रदेशका लागि संघीय सरकारले झण्डै साढे तीन लाख डोज कोरोनाविरुद्धको खोप धनगढी आइपुगेको छ । संघीय सरकारले पठाएको भेरोसेल र जोन्सन एण्ड जोन्सन कम्पनीको गरी तीन लाख ३५ हजार डोज खोप आइतबार साँझ धनगढी पुगेको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले जनाएको छ ।

स्वास्थ्य आपूर्ति केन्द्रका निमित्त प्रमुख पदम बिष्टले एक लाख ९८ हजारभन्दा बढी डोज भेरोसेल र एक लाख ३६ हजार डोज जोन्सन एण्ड जोन्सनको खोप धनगढी पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार भेरोसेल खोप ५५ वर्ष र सो भन्दा माथिको उमेर समूहका सबै नागरिकलाई लगाउन स्वास्थ्य सेवा विभागले निर्देशन दिएको छ ।

यस्तै प्राध्यापक, शिक्षक र विद्यालयका कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवाका व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने व्यक्तिलाई पनि यो खोप लगाइनेछ । जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई लगाइने निमित्त प्रमुख बिष्टले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लामा साउन १३ गतेदेखि १७ गतेसम्म भेरोसेल र १८ गतेदेखि २१ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइने जनाएको छ । –अनलाइन खबर

Next Post

‘कमेडी क्याफे’मा ६ जोडीले १२ हप्तासम्म प्रस्तुति दिने

२०७८ श्रावण १२, मंगलवार ०७:३६
काठमाडौं । ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन सकिएसँगै यसको टिमले नयाँ कमेडी शो दर्शकमाझ ल्याउने भएको छ । विशाल भण्डारीकै निर्देशनमा ‘कमेडी क्याफे’ नामक शो दर्शकमाझ आउने भएको हो । यो शोमा ‘कमेडी च्याम्पियन’को पहिलो सिजनका ७ जना प्रतिस्पर्धीहरु सहभागी हुनेछन् । यस्तै, ‘कमेडी च्याम्पियन’कै दोश्रो सिजनका ३ जना प्रतिस्पर्धीलाई शोमा […]