चीनमा सन् २०२० मा झण्डै दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

  ।   २०७७ माघ १३, मंगलवार ०७:०६

संवाददाता ।
चीनले सन् २०२० मा झण्डै दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन गरेको छ ।

एक वर्षभित्रमा एक खर्ब ८८ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन भएको र यो अघिल्लो वर्षको तुलनामा ९ दशमलव ८ प्रतिशतले बढी रहेको चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

चीनले लगातार चार वर्षसम्म आफ्नो प्राकृतिक ग्यास उत्पादन परिणामलाई १० अर्ब घन मिटरभन्दा बढी पु¥याएको पनि विभागले जनाएको छ । प्राकृतिक ग्यास उत्पादनमा डिसेम्बरमा अझ बढेको देखिएको छ ।

डिसेम्बरमा मात्रै चीनले १३ दशमलव ७ अर्ब घन मिटरबाट १८ दशमलव ७ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन गरेको हो । चीनले सन् २०२० मा १२ करोड टन प्राकृतिक ग्यास निर्यात गरेको पनि चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो अघिल्लो वर्षको तुलनामा ५ दशमलव ३ प्रतिशतले बढी हो ।

कोइलालाई विस्थापन गर्दै वातावरणमैत्री इन्धनको प्रयोग बढाउने क्रममा चीनमा प्राकृतिक ग्यासको माग बढ्दो छ । चीनसहित अमेरिका र रूस विश्वमै प्राकृतिक ग्यास बढी प्रयोग गर्ने देशहरु हुन् ।

उज्यालो अनलाइनबाट

Next Post

कोभिड सगँ सम्बन्धित कारणले हालसम्म बाँकेका ५१ जना ब्यक्तिहरुको ज्यान गयो

२०७७ माघ १३, मंगलवार ०७:०६
संवाददाता, नेपालगंज । बाँकेमा कोरोना संक्रमितहरुको संख्या ४ हजार ६ सय ११ जना पुगेको छ । सोमबार रातीे जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले सार्वजनिक गरेको विवरण अनुसार निको हुनेहरुको संख्या भने ४ हजार ४ सय ९१ जना पुगेको छ । कोभिड सगँ सम्बन्धित कारणले बाँकेका ५१ जना ब्यक्तिहरुको ज्यान […]

सम्बन्धित शीर्षक