पाकिस्तानमा अफगानिस्तानका राजदूतकी छोरीको अपहरण

  ।   २०७८ श्रावण ३, आईतवार ०७:१३

काठमाण्डौ । अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखिलकी छोरीको अपहरण भएको छ । पाकिस्तानको इस्लामाबादमा उहाँकी छोरीलाई अपहरण गरी यातना दिइएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ । विद्रोही समूह तालिबान घटनामा संलग्न रहेको बताइए पनि पुष्टि हुन बाँकी छ।

पाकिस्तानका सञ्चारमाध्यमले भने राजदूत अलिखिलकी छोरी रिहा भइसकेको दाबी गरेका छन् । तर यसबारे कुनै पुष्टि भएको छैन । अफगानिस्तानले घटनाको निन्दा गर्दै सुरक्षा सतर्कता बढाउन पाकिस्तानलाई आग्रह गरेको छ । यो घटनाले दुई देशबीच तनाव उत्पन्न गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टोकियो ओलम्पिक नजिकिँदै गर्दा ओलम्पिक भिलेजमा कोरोना सङ्क्रमित भेटिए

२०७८ श्रावण ३, आईतवार ०७:१३
काठमाण्डौ । टोकियो ओलम्पिकको सुरक्षित भनिएको ओलम्पिक भिलेजभित्रै कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । विदेशबाट आएका एक व्यक्तिमा कोरोना सङ्क्रमण भएको टोकियो ओलम्पिकको आयोजक कमिटीले पुष्टि गरेको छ । सङ्क्रमित व्यक्ति खेलाडी नभएका आयोजक कमिटीले जनाएको छ । आयोजकले कोरोना सङ्क्रमितको परिचय गोप्य राखेको छ । कोरोना सङ्क्रमण देखिएपछि उनलाई […]