कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

  ।   २०७७ पुष २८, मंगलवार १६:३०

संवाददाता
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा हालिएको रिट खारेज भएसँगै कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ ।

सर्वोच्चले सो रिट खारेज गरेसँगै देशभर कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो । सो रिटमा फैसला नहुँदा महिनौँदेखि पाठ्यक्रम सम्बन्धी अन्योल थियो ।

देशभर कतै पुरानो पाठ्यक्रम र कतै नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गरिएको थियो । अब भने राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार नयाँ पाठ्यक्रम लागु हुने भएपछि पाठ्यक्रम सम्बन्धी अन्यौल हट्ने भएको छ ।

काठमाडौं प्रेसबाट…

Next Post

बाँके खजुरालाई प्लाष्टिक मुक्त गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित

२०७७ पुष २८, मंगलवार १६:३०
संवाददाता, खजुरा। बाँकेको खजुरा गाउँपालिकाको ८ औं गाउँसभाबाट खजुरालाई प्लाष्टिक मुक्त गर्ने प्रस्ताव सर्वसम्मतले रुपमा पारित भएको छ । गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको सभाध्यक्षमा भएको गाउँसभामा सदस्य निसार अलि दर्जीले खजुरालाई प्लाष्टिकमुक्त पालिका बनाउन गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । उपाध्यक्ष एकमाया विकले प्रस्तुत गरेको चालू आर्थिक वर्षमा राजश्व […]