कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन सर्न सक्ने

  ।   २०७८ श्रावण २८, बिहीबार ०६:५२


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । १४ औं महाधिवेशन केन्द्रित बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी छ। १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएकोले आज केन्द्रीय समिति बैठकमा यसबारे छलफल गरी निर्णय हुने सम्भावना छ ।

यसअघि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न अब सम्भव नदेखिएकोले महाधिवेशन सार्नुपर्ने निष्कर्ष निकालेको छ ।

स्रोतकाअनुसार सभापति देउवाले मंसिरमा महाधिवेशन गर्नुपर्ने बताउनु भएको छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौमै वडा तहलगायत तल्ला तहका महाधिवेशन सुरू गरेर असोजमा महाधिवेशन गर्नुपर्ने बताउनु भएको छ ।

सभापति देउवाको कार्यकाल भदौ २३ गतेसम्म मात्रै छ । त्यसपछि कसरी पार्टीको म्याद थप गर्ने भन्नेबारे भने कांग्रेसले बताइसकेको छैन । यसअघि वरिष्ठ नेता पौडेलले भदौ २३ पछि यो केन्द्रीय समिति नरहने बताउनु भएको थियो ।

क्रियाशील सदस्यतामा देखिएको विवाद र कोरोना महामारीले गर्दा भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा कांग्रेसका शीर्ष नेता पुगेका छन्। तर महाधिवेशन सारेर कहिले गर्नेमा एकमत देखिएको छैन ।

आज केन्द्रीय समिति बैठक बस्नुअगाडि पनि शीर्ष नेता बैठक गरेर कार्यतालिकाबारे सहमति गर्ने तयारी छ ।

Next Post

बिज्ञप्ति मै जनाए "एमालेमा बस्न मनले पटक्कै दिएन" : गजेन्द्र गुरुङ

२०७८ श्रावण २८, बिहीबार ०६:५२
नेपालगन्ज । नेकपा एमाले बाँकेका प्रचार विभाग सचिव तथा जिल्ला कमिटि सदस्य गजेन्द्र गुरुङ माओवादी केन्द्रमा फर्किएका छन । बिहिबार एक विज्ञप्ती जारी गर्दै गुरुङले नेकपा माओवादी केन्द्रको आस्थावान संगठन प्रेस संगठन नेपालमा फर्किने घोषणा गर्नु भएको हो । सर्वोच्च अदालतबाट नेकपा खारेजभएसँगै एमालेमा सक्रिय हुँदै आएका गुरुङले एमालेको संगठन […]

सम्बन्धित शीर्षक