कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

  ।   २०७७ पुष १६, बिहीबार ०८:५५

काठमाडौं । नेपाली कांग्रेसले बिहीबार (आज) ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छ ।

पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ ।

यसै सन्दर्भमा कांग्रेसले ७७ वटै जिल्लामा विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै छ ।

वि.स; २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएसँगै तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो ।

राजा महेन्द्रको निर्देशनमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाएर नेताहरुमाथि देशद्रोहको मुद्दासमेत चलाइएको थियो ।

वि।स २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भएपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले ।

त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए ।

सोही दिनको स्मरणमा आज मेलमिलाप दिवस मनाउन लागिएको हो ।

Next Post

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्छौँ : मन्त्री रावल

२०७७ पुष १६, बिहीबार ०८:५५
काठमाण्डौ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको ‘पद तथा गोपनीयताको शपथ ग्रहण’ कार्यक्रममा मन्त्री रावलले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको लागि अब संरचना निर्माणमा […]