आईपीएलमा किङ्ग्स एलाभेन पञ्जाबद्वारा सनराइजर्स हैदराबाद पराजित

  ।   २०७७ कार्तिक ९, आईतवार ०६:५१

नेपालगन्ज । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार राति भएको खेलमा किङ्ग्स एलाभेन पञ्जाबले सनराइजर्स हैदराबादमाथि १२ रनको जित निकालेको छ ।

पञ्जाबले दिएको एक सय २७ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा हैदराबाद १९ दशमलव ५ बलमा एक सय १४ रन बनाउँदै अलआउट भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २६ रनको मध्यम योगफल बनाएको थियो ।

जितसँगै पञ्जाब दश अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । हैदराबाद भने आठ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ ।

अब हैदराबादको प्लेअफ यात्रा कठिन बनेको छ ।

Next Post

कोभिड– १९ बाट विश्वभरका चार करोड २९ लाख भन्दाबढी मानिस संक्रमित, एक करोड एक लाखबढी संक्रिय संक्रमित

२०७७ कार्तिक ९, आईतवार ०६:५१
नेपालगन्ज । विश्वका दुई सय १५ भन्दा बढी देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म चार करोड २९ लाख २३ हजारभन्दा धेरै सङ्क्रमित भएको वर्ल्डोमिटरले जनाएको छ । यस्तै सङ्क्रमितमध्ये ११ लाख ५४ हजारभन्दा धेरैको ज्यान गएको छ भने तीन करोड १६ लाख ६५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । विश्वमा […]