बाँके र बर्दियामा निरन्तर थपिदै कोरोना संक्रमित

  ।   २०७७ श्रावण ३२, आईतवार १६:२५

नेपालगंज
भेरी अस्पताल नेपालगंजले सार्वजनिक गरेको तथ्यांक अनुसार आज कोरोना भाइरसका २१ जना नयाँ संक्रमित फेला परेका छन ।

जसमध्ये शसस्त्र गुल्मका १५ जना, ग्लोबल बैंकका ३ जना, खजुरा ६ बाँके, कोहलपुर ११ बाँके र कपुरकोट ३ सल्यानका १-१ जना रहेको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालको पीसीआर ल्यावमा प्राप्त २९ हजार ४० नमुना मध्ये २९ हजार नमुनाको जाँच कार्य सकिएको छ । पीसीआर जाँच गरिएका मध्ये १ हजार २ सय ६४ जना ब्यक्तिलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

उता बर्दिया जिल्लामा कोरोना संक्रमितहरुको संख्या २ सय ९२ जना पुगेको छ । जसमध्ये २ सय ३८ जना पुरुष र ५४ जना महिला रहेका छन ।

संक्रमित मध्ये २ सय ७ जना पुरुष र ३९ जना महिला गरी २ सय ४६ जना ब्यक्तिहरु निको भएका छन । अहिले आइसोलेसनमा ३१ पुरुष र १५ जना महिला छन ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले आज दिउँसो ३ बजे सार्वजनिक गरेको कोभिड–१९ सम्वन्धी अपडेट अनुसार जिल्लाका ७ हजार ५ सय ५५ जना ब्यक्तिहरुको पीसीआर जाँच गरिएको छ ।

अहिले पनि ३ सय २९ जना ब्यक्तिहरु क्वारेन्टिनमा रहेको जनाईएको छ ।

Next Post

मनसुन सक्रिय भएयता देशभरी २३१ को मृत्यु, ७७ बेपत्ता

२०७७ श्रावण ३२, आईतवार १६:२५
मनसुन सक्रिय भएपछिको दुई महीना यता बाढी र पहिरोमा परी मुलुकभरी २३१ जनाको मृत्यु भएको छ भने ७७ जना बेपत्ता छन । विश्वव्यापी कोरोना महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट पनि देशमा ठूलो जनधनको क्षति भएको छ । अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो पहिरो खस्दा […]