समुदाय तथा स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई तालिम

  ।   २०८३ बैशाख १२, शनिबार १६:३८

सम्बाददाता
नेपालगन्ज, १२ वैशाख । बाँके युनेस्को क्लबले जिल्लाको नरैनापुर गाउँपालिकामा पालिकास्तरीय स्वास्थ्यकर्मीहरूकालागि तीदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।

क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा बाँके जिल्लामा संचालनमा रहेको जिवनकालागि पोषण परियोजना अन्तर्गत नरैनापुरमा सो तालिम सम्पन्न गरेको हो ।

क्लबका अनुसार उक्त तालिमको उद्देश्य सहभागीहरूको पोषण सेवा प्रदान गर्ने क्षमता अभिवृद्धि गर्नुका साथै कुपोषणको प्रभावकारी व्यवस्थापनमा दक्षता विकास गर्नु रहेको थियो ।
तालिममा स्क्रिनिङ, उपचार, प्रतिवेदन र सहजीकरण सम्बन्धी सीप विकासमा विशेष जोड दिइएको थियो, जसले समुदाय तथा स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह सुनिश्चित गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

कार्यक्रम नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहको अध्यक्षतामा सम्पन्न भएको थियो भने जनस्वास्थ्य अधिकृत विवेक पौडेलले कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।
पालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार साहले तालिमको उद्देश्य, लक्ष्य र अपेक्षित उपलब्धिबारे प्रकाश पार्दै समस्या पहिचान र प्रमाणमा आधारित समाधानको कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।सो तालिम अद्यावधिक मार्गदर्शन अनुसार सञ्चालन गरिएको थियो भने सहभागीहरूलाई प्रभावकारी सिकाइका लागि प्रस्तुति, समूहगत छलफल तथा व्यवहारिक अभ्यासमार्फत प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनीता पौडेल र हेलन केलर इन्टरनेशनल नेपालका फिल्ड अधिकृत लिलबहादुर नेपालीको विशेष उपस्थिति रहेको थियो । तालिमको सहजीकरण जनस्वास्थ्य अधिकृत नागेन्द्र कुमार साह र विवेक पौडेलले गर्नुभएको थियो भने स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन बसन्ती मल्लले सहयोग गर्नुभएको थियो ।

हेलन केलर इन्टरनेशनलका लिलबहादुर नेपालीले राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सम्बन्धी मार्गदर्शन प्रस्तुत गर्दै अभियानको उद्देश्य, कार्यान्वयन प्रक्रिया र सूक्ष्म योजना (माइक्रो प्लानिङ) को महत्वबारे विस्तृत जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनीता पौडेलले आगामी पोषण स्क्रिनिङ अभियानलाई प्रभावकारी बनाउन समुदायका ६ देखि ५९ महिनाका सबै बालबालिकाको अनिवार्य स्क्रिनिङ गरी पहिचान भएका केसलाई तुरुन्त उपचार सेवामा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष शाहले स्वास्थ्यकर्मीहरूलाई तालिमबाट सिकेका ज्ञान र सीप कार्यस्थलमा प्रयोग गर्न आग्रह गर्दै राष्ट्रिय पोषण अभियान सफल बनाउन सबैको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो । साथै पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले सो अवसरमा जनाउनुभयो ।सो तालिममा वडा नम्बर १ देखि ६ सम्मका स्वास्थ्यकर्मी तथा पोषण सहजकर्तासहित २५ जनाको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रम व्यवस्थापनमा दृष्टी शाह र अनु चौधरीले सहयोग गर्नुभएको थियो ।

Next Post

“लक्ष्य स्वादको, प्रस्तुति विवादको: नेपालगन्ज फुड एण्ड बेभरेज फेस्टिभल किन प्रश्नको घेरामा ?”

२०८३ बैशाख १२, शनिबार १६:३८
गुडन्युज/सम्बाददाता नेपालगन्ज । नेपालगन्जमा आयोजना गरिएको स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल–२०८३ को मूल उद्देश्य स्पष्ट थियो । स्थानीय उत्पादनको प्रवर्द्धन, स्ट्रीट फुड संस्कृतिको विस्तार, साना उद्यमीलाई प्लेटफर्म र शहरलाई पर्यटन हबका रूपमा स्थापित गर्ने । यी लक्ष्यहरू सुन्दा कार्यक्रमप्रति आशा जाग्नु स्वाभाविक थियो । स्थानीय स्वाद, मौलिक परिकार र उद्यमशीलताको […]

सम्बन्धित शीर्षक