दुईदेशका प्रधानमन्त्रीबीच कोरोनासँग मिलेर लड्ने समझदारी

  ।   २०७७ श्रावण ३१, शनिबार १७:२१

नेपालगन्ज । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसको सङ्क्रमण न्यूनिकरणका लागि भैरहेको पछिल्लो प्रयासबारे छलफल भएको छ ।

आज भएको टेलिफोन वार्तामा उहाँहरुबीच कोरोनाको सङक्रमण न्यूनिकरणका लागि मिलेर अघि बढ्ने समझदारी समेत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारतसहित विश्वका विभिन्न देशहरुकोको प्रयास सफल हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सङ्क्रमणबारे गएको अप्रिल १० मा भएको संवादसमेत स्मरण गराउनुभएको थियो । यस्तै उहाँहरुबीच नेपाल र भारतका द्वीपक्षीय मुद्दामा संवादलाई जारी राख्ने सहमतिसमेत भएको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय नागरिकलाई शुभकामना समेत दिनुभएको छ । यसैबीच स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना दिनुभएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि धन्यवाद दिनुभएको छ । सामाजिक सञ्जाल ट्विटर मार्फत उहाँले ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना दिनुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको हो ।

Next Post

‘सङ्क्रमितको सम्पर्कमा गएको पाँच दिनपछि मात्रै स्वाब दिनु’ : मन्त्रालय

२०७७ श्रावण ३१, शनिबार १७:२१
संवाददाता, नेपालगन्ज ३१ साउन २०७७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमितको सम्पर्कमा गएका व्यक्तिलाई सम्पर्कमा गएको पाँच दिनपछि मात्र पीसीआर परीक्षण गराउन आग्रह गरेको छ । शरीरमा भाइरस प्रवेश गरेको पाँच दिन सम्म परिक्षण गर्दा संक्रमण नदेखाउन सक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो । तर पाँच दिन सम्म […]

सम्बन्धित शीर्षक