थाइल्याण्डमा ‘लुम्बिनी–नेपाल मिनी म्याराथन’ आयोजना हुने

  ।   २०८२ मंसिर २२, सोमबार ०७:३८

नेपालगन्ज । लुम्बिनीको अन्तर्राष्ट्रिय पहिचान र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित थाइल्याण्डमा ‘लुम्बिनी–नेपाल मिनी म्याराथन’ आयोजना हुने भएको छ। आगामी बैशाखको तेस्रो सातामा १० किमी र ५ किमी दूरीमा प्रतिस्पर्धा गरिने दूतावासले जनाएको छ।

थाइल्याण्डस्थित नेपाली राजदूतावासको अगुवाईमा विभिन्न संघ–संस्थाहरू, उद्योगी–व्यवसायी तथा सरोकारवालाबीचको बृहत छलफलपछि हरेक वर्ष नियमित रूपमा यो कार्यक्रम गर्ने निर्णय भएको दूतावासका प्रथम सचिव कुमार विक्रम रेग्मीले बताउनु भयो ।

कार्यक्रमका लागि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीको संरक्षकत्वमा, उपनियोग प्रमुख मोतीबहादुर श्रीसको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। समितिमा थाइल्याण्डमा सक्रिय विभिन्न नेपाली संघ–संस्थाहरू सदस्य छन्।

नेपालबाट समन्वय तथा प्रचार–प्रसारका जिम्मेवारी एभरेस्ट म्याराथनका संस्थापक विक्रम पाण्डे र टीएस ठकुरीलाई दिइएको छ। ठकुरी एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (AIMS) का नेपाल प्रतिनिधि हुनुहुन्छ । उहाँ ११ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथन तथा नेपाल रनिङ इन्टरनेसनल कन्फ्रेन्सका संस्थापक पनि हुनुहुन्छ ।

बैठकमा नेपालबाट धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी, नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर दामोदर मिश्र, गैरआवासीय नेपाली संघ थाइल्याण्ड, People of Nepali Origin Association, Thai–Nepal Association, Thai–Nepal Friendship Association, संयुक्त राष्ट्रसंघका प्रतिनिधि, Western Union, Asian Institute of Technology, King Mongkut University का प्राध्यापक तथा विद्यार्थी, थाइल्याण्डमा विभिन्न पेशा–व्यवसायमा संलग्न उद्यमी तथा केही थाई नागरिकको पनि उपस्थिति रहेको दूतावासले जनाएको छ।थाइल्याण्डस्थित नेपाली समुदाय, अन्तर्राष्ट्रिय धावक तथा स्थानीय सहभागिता सुनिश्चित गर्दै लुम्बिनी–नेपाल मिनी म्याराथनलाई थाइल्याण्डको वार्षिक खेल तथा सांस्कृतिक कार्यक्रमको रूपमा स्थापित गर्ने लक्ष्य आयोजकहरूले राखेका छन्।

Next Post

‘नेपालगन्जको त्रिभुवन चौकमा राजनीतिक ज्वारभाटा : नेकपाको एकता सन्देश सभामा १० हजारभन्दा बढी को भीड जुटाउने तयारी’

२०८२ मंसिर २२, सोमबार ०७:३८
नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले मंसिर २५ गते नेपालगन्जको त्रिभुवन चौकमा आयोजना हुने एकता सन्देश सभालाई ऐतिहासिक बनाउने लक्ष्यसहित तयारी तीव्र पारेको छ। सभालाई सफल र प्रभावकारी बनाउन जिल्लाका ८१ वटै वडामा संयुक्त बैठक सम्पन्न गरिएका छन्। प्रचार–प्रसारका लागि वडादेखि पालिका स्तरसम्म संयोजन गर्दै संगठित अभियान अघि बढाइएको […]

सम्बन्धित शीर्षक