मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपाको तयारी, सचिवालय बैठकमा छलफल

  ।   २०७७ आश्विन ४, आईतवार १५:३७

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेको छ । नेकपा कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको हो ।

“आजको पहिलो अजेण्डाका रूपमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मात्रै नीतिगत छलफल भएको छ”, बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयोे, “सरकारलाई अझ प्रभावकारी बनाउने र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यलाई अगाडि बढाउने सन्दर्भमा विभिन्न विकल्पमा छलफल भएको छ ।”

उहाँले बैठकमा आफू र वामदेव गौतम सरकारमा जाने विषयमा भने कुनै छलफल नभएको बताउनुभयो । श्रेष्ठका अनुसार नेकपाको सचिवालय बैठक भोलि दिउँसो १ बजे पेरिसडाँडामै बस्नेछ ।

हिमाल खबरबाट

Next Post

तत्काल विद्यालय नखोल्न शिक्षा विकास तथा समन्वय इकाइ बाँकेको अनुरोध

२०७७ आश्विन ४, आईतवार १५:३७
शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले तत्काल शैक्षिक संस्थाहरु संञ्चालन नगर्न भनेको छ । नेपाल सरकार (मन्त्रीपरिषद) को भदौ २९ गतेको निर्णाय र जिल्ला प्रशासन कार्यालय बाँकेको असोज १ गतेको आदेश अनुसार अर्को सूचना जारी नहँुदा सम्म विद्यालय संञ्चालन नगर्न भनिएको हो । विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरु अर्को […]