राष्ट्रिय भूमि आयोग र बाँके डुडुवा गाउँपालिकाबिच सम्झौता

  ।   २०८० फाल्गुन ३, बिहीबार २१:१५

नेपालगन्ज । राष्ट्रिय भूमि आयोग र बाँकेको डुडुवा गाउँपालिकाबिच भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि बिहीबार सम्झौता गरेको छ।

राष्ट्रिय भूमि आयोग बाँकेका विज्ञ सदस्य अशोक पोखरेलले भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि बिहीबार आयोगको केन्द्रीय कार्यालय ताहाचलमा भूमि आयोग र डुडुवा गाउँपालिकाबिच सम्झौता गरिएको बताउनुभयो।

सम्झौतापत्रमा आयोगका तर्फबाट उपसचिव कविता फुयाँलको रोहवरमा आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला र गाउँपालिकाका तर्फबाट आयोग बाँकेका अध्यक्ष श्रवणकुमार यादवको रोहवरमा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले हस्ताक्षर गर्नुभएको उहाँले जानकारी दिनुभयो।

गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन प्रमाणीकरणको काम गर्ने तथा राष्ट्रिय भूमि आयोगले जारी गरेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको लागि आधार र मापदण्ड, आवश्यक कार्यविधि उपलब्ध गराउने लगायतका बुँदामा सम्झौता गरिएको विज्ञ सदस्य पोखरेलले जानकारी दिनुभयो।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान गरेर जग्गाधनी पुर्जा प्रदान गर्नका लागि बाँकेका आठवटा पालिकामध्ये सातवटा पालिकामा यसअघि नै सम्झौता भई काम अगाडि बढिसकेको र डुडुवामा बल्ल सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो।

डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आयोग र गाउँपालिकाबिच भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको भन्दै अब तत्काल आयोगको कार्यविधि अनुसार गाउँपालिकाभित्र कार्यान्वयन गरिने बताउनुभयो।

Next Post

ऐतिहासिक व्यक्तित्वहरुको सम्मान गर्नु राज्यको प्रमुख दायित्वः मन्त्री शर्मा

२०८० फाल्गुन ३, बिहीबार २१:१५
काठमाडौं,  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीतिक सामाजिक परिवर्तनका लागि योगदान गरेका ऐतिहासिक व्यक्तिहरुको सम्मान गर्नु राज्यको प्राथमिक दायित्व भएको बताउनुभएको छ । हुलाक सेवा विभागले प्रकाशन गरेको हुलाक टिकटमा टाँचा प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऐतिहासिक व्यक्तिहरुको योगदानकै कारण आजको राजनीतिक परिवर्तन संभव भएकाले […]