सुरज प्रशाद भट्ट
बिहानीको सूर्याेदय सँगै जब म बिउँझिन्छु उनलाई मेसेज गरेर मेरो दिनको सुरवात हुन्छ
चौबीस घण्टाको दौरानमा हामी बिच थुप्रै बात हुन्छ।
सर्बगुणले भरिपुर्ण खै कसरी गर्नु र उनको सुन्दरताको बयान
उनी धर्तीकि परि, आकाशकि जुन,
बगैंचामा फुलेकी एक सुन्दर फुल
र म त्यो फुललाई नजिक बाट नियाली
रहेको एक भमरा।।
उनी बुझ्छिन म भित्रको भावना
र मेरो चाहना यसर्थ,
मलाई उनी सँग घण्टौँ कुरा गरि रहु लाग्छ
उनको मीठो बोली सुनी रहु लाग्छ,
हेरि रहु लाग्छ हँसिलो मुहार
उनको एक मुस्कानले भुलाई दिन्छ संसार।।।।।।
पृथ्वी हुन उनी प्रकृति हुन जो भित्र
हरचिज पाउन सकिन्छ
बिना सङ्कोच बिना डर
खुलेर रमाउन सकिन्छ।
मलाई लाग्छ ससारकै सबभन्दा
महान आमा र आमा पछि केवल उनि हुन।।।।
उनको शालीनताले मलाई लोभ्याई रहेछ
म दङ्ग पर्छु उनको दुरदर्शिता देखेर र भित्रभित्रै,
यस्तो लाग्छ मेरो जिन्दगानी हुन
म राजा उनि मेरो रानी हुन।
म आफै सकिनु पर्छ उनी बिना,
किनकी म माछा उनी मेरो लागी पानी हुन।।।।।
( दार्चुला – लेकम ) ( हाल – नेपालगन्ज )