रोतो नम्बर प्लेटका इ-रिक्सा विरुद्ध कडाई

  ।   २०८० मंसिर १९, मंगलवार १६:२०

नेपालगन्ज । बाँकेको नेपालगंज क्षेत्रमा बढ्दो सवारी चापको अवस्थालाई ध्यान दिदै यात्रु बोक्ने रातो नम्बर प्लेटका इ–रिक्सा विरुद्ध सरोकारवाला निकायले कडाई गर्न थालेका छन् ।

नेपालगन्ज उपमहानगरका अनुसार नीति नियम र प्रक्रिया विपरीत गुडिरहेका रातो नम्बर प्लेटका ९३ वटा यात्रुबहाक इ–रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र ३९ वटा इ–रिक्सालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा अहिले ’होल्ड’ गरेर राखिएको छ ।

यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती इ–रिक्सालाई गुड्न नदिइने नेपालगंज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले बताउनुभयो । केही दिन अघि जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाहरुको बैठकले नेपालगञ्ज उपमहानगरपालिकाभित्र रातो नम्बर प्लेटका इ–रिक्सा यात्रु बोकेर गुड्न नपाउने निर्णय गरेको थियो।

Next Post

बालिका शिक्षा कार्यक्रम प्रभावकारी

२०८० मंसिर १९, मंगलवार १६:२०
नेपालगन्ज । बाँकेमा बालिका शिक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । जिल्लाका ८ मध्ये चार वटा पालिकाका विभिन्न विद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको पाईएको हो । जिल्ला समन्वय समितिको नेतृत्वमा बालिका शिक्षा कार्यक्रम सञ्चालन गरिएका विद्यालयको संयुक्त अनुगमनका क्रममा कार्यक्रमहरुको सकरात्मक प्रभाव देखिएको हो । गुडन्यूज साप्ताहिक […]

सम्बन्धित शीर्षक