माथेवास विनौना जोड्ने राप्तीनदी पुल उद्घाटन

  ।   २०८० मंसिर १०, आईतवार १०:००

बाँके । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राप्तीसोनारी गाउँपालिकाको समस्या समाधानका लागि आफ्नोतहमा पहल गरिने बताउनुभएको छ ।

राप्तीसोनारी गाउँपालिकाको माथेवास धामपुर जोड्ने ५५४.४५ मिटर लामो राप्तीनदी पुलको शनिवार उद्घाटन गर्दै मन्त्री ज्वालाले देशको सबैभन्दा धेरै जनसंख्या र ठूलो भुगोल भएको गाउँपालिका भएपनि विकासको मूलप्रवाहमा राप्तीसोनारी पिछडिएको भन्दै आफ्नो तहबाट यसको उत्थानका लागि पहल गरिने विश्वास दिलाउनुभयो । ‘यहाँका स्थानीय जनप्रतिनिधि, प्रदेश र संघीय जनप्रतिनिधिहरुले यहाँको समस्याबारे ध्यानाकर्षण गराउनु भएको छ उहाँले भन्नुभयो–‘मेरो तहबाट समस्या समाधानका लागि गर्नुपर्ने सहयोग सबै हुन्छ ।’ उहाँले राप्तीसोनारी गाउँपालिकालाई राप्तीनदीले क्षती पुर्याएपनि स्रोतको हिसावले निकै धनी रहेको बताउनु भयो।

सम्भावना भएर पनि विकास निर्माणका सवालमा पालिकामा थुप्रै कामहरु गर्न बाँकी रहेको पनि उहाँले बताउनुभयो । ‘यहाँ ठूलो वनजंगल छ । अन्य प्राकृतिक स्रोतको प्रचुर सम्भावना छ । यसको सदुपयोग गरेर पालिकालाई सम्बृद्ध बनाउन सकिन्छ’ उहाँले भन्नुभयो । राप्तीसोनारी गाउँपालिकामा सल्यान र दंगालीहरुको समेत बसोबास रहेकोले आफ्नो स्वभाविक भावना जोडिएको उहाँले बताउनुभयो । ज्वाला सल्यान निवासी हुनुहुन्छ । उहाँले सल्यानबाट प्रतिनिधि सभामा सदस्यमा चुनाव जित्नुभएको हो ।

उहाँले राप्तीसोनारीसँग भावनात्मक सम्वन्ध जोडिएकाले पनि विकास निर्माणका सवालमा आफ्नो तर्फबाट हुने पहलमा कुनै कमी नहुने बताउनुभयो । यस्तै बाँके क्षेत्र नं.१ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य ढकालले राप्तीसोनारीको विकास र सम्बृद्धिका लागि मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले राप्ती नदीको कटान, सडक निर्माण लगायतका सवालमा मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले अहिलेको परिस्थिति विकास निर्माणका लागि अनुकूल रहेको पनि उल्लेख गर्नुभयो । ‘यो निर्वाचन क्षेत्रबाट मलाई चुनाव जिताउनु, र यो क्षेत्रसँग भावानात्मक सम्वन्ध भएका ज्वाला मन्त्री यहाँको विकास निर्माणका लागि कोशेढुंगा सावित हुनेछ’ उहाँले भन्नुभयो । यस्तै उहाँले राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन केही योजनामा बजेट विनियोजन गर्न जरुरी रहेको पनि उहाँले बताउनुभयो ।

उहाँले मटेहिया देखि वेतनीसम्म पुल निर्माणका लागि मन्त्रीको ध्यानाकर्षण समेत गराउनुभयो । यस्तै लुम्विनी प्रदेश सभा सदस्य कृष्णा केसी नमूनाले पनि विकास निर्माणमा सहयोग गर्न मन्त्री ज्वालाको ध्यानाकर्षण गराउनुभयो । हुलाकी मार्ग अन्तर्गत अगैयादेखि कुसुम सडक खण्डको निर्माणमा तीब्रता दिन उहाँले आग्रह गर्नुभयो ।

बाँके राष्ट्रिय निकुञ्जका कारण वन्यजन्तुको जोखिम बढेकाले पूर्वपश्चिम राजमार्गको विकल्पमा बैकल्पिक राजमार्ग निर्माणलाई तीब्रता दिनु पर्ने उनको भनाइ थियो । उहाँले राप्तीनदीको सिधनिया घाटमा पुल निर्माणलाई गतिदिन आग्रह गर्नुभयो । तत्कालीन पूर्वाधारमन्त्री मोहम्मद इस्त्यिाक राईले उक्त पुलको शिलान्यास गर्नुभएको थियो । तर अहिले उक्त पुलको निर्माण कार्य अगाडि बढ्न सकेको छैन । त्यहाँको अवस्था र आवश्यकताका आधारमा पुल निर्माण गरिनुपर्ने उहाँको भनाइ छ ।

’अहिले त्यहाँ ७ सय मिटरको पुल निर्माणको लागि डिजाइन भएको छ । तर त्यहाँ ११ सय मिटर लम्वाई भएको पुलको आवश्यकता छउहाले भन्नू भयो यसतर्फ मन्त्रीको ध्यानाकर्षण गराउन चाहान्छु ।’ यस्तै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले भुगोल र जनसंख्याको हिसावले सबैभन्दा ठूलो गाउँपालिका भएपनि संघीय सरकारले राप्तीसोनारीलाई प्रभावकारी सहयोग नगरेको बताउनुभयो । उहाँले विकास निर्माणका दृष्टिकोणले पालिका पिछडिएको भन्दै पुलपुलेसा र सडक निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘यदी मुगुवा खोलाको पुल मात्र बन्न सक्यो भने पश्चिमका वडा नं. ८ र ९ लाई जोड्न सकिन्छ ।

कचनापुर कम्दी सडकलाई निर्माण गर्न सकियो भने नेपालगन्जसँगको दूरी घट्छ । यसतर्फ केन्द्र सरकारले सहयोग गरोस् ।’ उहाँले मुगुवा खोलामा पुल नबन्दा बर्खायाममा विद्यार्थी बालबालिकाले ठूलो सास्ती खेप्नु परेको उल्लेख गर्नुभयो । यस्तै स्थानीय उत्पादनलाई समेत बजारीकरण गर्न समस्या परेको उहाँको भनाई छ । उहाँले यातायातसँगको सहज पहुँचका हुलाकी सडक निर्माणलाई गति दिन पनि आग्रह गर्नुभयो ।

Next Post

नेपालगन्जबाटै जरायो बाँके राष्ट्रिय निकुञ्जमा पठाइयो

२०८० मंसिर १०, आईतवार १०:००
बाँके । नेपालगन्ज बजारबाट वन्यजन्तु जरायोलाई नियन्त्रणमा लिई बाँके राष्ट्रिय निकुञ्ज पठाइएको छ । नेपालगन्ज उपमहानगरपालिका १८ स्थित बस्तीबाट जङ्गली जनावर जरायोलाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको नेपालगन्ज सब डिभिजन वन कार्यालय राँझाका सहायक डिभिजन वन अधिकृत नारायण पार्धेले जानकारी दिनुभयो । शनिबार बिहान कुकुरले लखेट्दै ल्याएर खेतको खाडलमा खसेर अड्किएको […]

सम्बन्धित समाचार