रेड पाण्डाका कारोबारी पक्राउ

  ।   २०७७ भाद्र २८, आईतवार १९:०७

नेपालगंज ।
रेड पाण्डाको छाला सहित बाँकेको बैजनाथ गाउँपालिका १ बाट ५ जना पक्राउ ब्यक्ति पक्राउ परेका छन ।

पक्राउ परेका ब्यक्तिहरुलाई आज जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको हो । उनीहरुका बारेमा अहिले अनुसन्धान चलिरहेको प्रहरीलाई जनाएको छ ।

बाँके प्रहरीले सार्वजनिक गरेको घटना विवरण यस्तो छ । हेर्नुहोस ।

रेड पाण्डाको छाला सहित ५ जना पक्राउ
****************************************
घटना बिबरण:-
***************
जिल्ला बाँके बैजनाथ गाँउपालिका वडा नं. ०१ स्थित गगन थारुले संचालन गरेको डेनियाल रेष्टुरेण्टमा केही मानिसहरुले दुर्लभ वन्यजन्तु (रेडपाण्डा) को खरिद विक्री गर्ने लागेको भन्ने सुचनाको आधारमा आज मिति २०७७।०५।०२८ गते यस कर्यालय बाट खटिएको प्र.नि. समेतको विशेष टोलीले निज गगन थारुले संचालन गरेको डेनियाल रेष्टुरेण्ट तलासी लिदा उक्त रेष्टुरेन्टको कोठामा रेहका देव बहादुर बाठा, गणेश बि.क., जय बहादुर बि.क. र कृष्ण बली लाई चेकजाँच गर्ने क्रममा निजहरु बसेको कोठाको खाट मुनी रहेको नग्रा, दात सहितको रेड पाण्डाको छाला थान-१ फेला पारी बरामद समेत गरि नियन्त्रणमा लिएको ।

घटनामा संलग्न पक्राउ ब्यक्ति:-
******************************
१. जिल्ला जाजरकोट कुसे गा.पा.वडा नं. ६ वस्ने वर्ष ३२ को कृष्ण वली
२. ऐ.ऐ.वडा नं.९ वस्ने वर्ष २८ को ईन्द्र बहादुर नेपाली
३. ऐ.सुर्खेत भेरीगंगान.पा.वडा नं. ५ वस्ने वर्ष ३० को जय बहादुर कामी
४. ऐ.ऐ.वस्ने वर्ष २५ को गणेश वि.क.
५. ऐ.ऐ.वडा नं.१२ वस्ने वर्ष ३६ को देव बहादुर बाँठा

हाल सम्मको अनुसन्धान बाट खुल्न आएका कुराहरु :
**************************************************
ईन्द्र बहादुर नेपालीले बदामद रेडपाण्डाको छाला जाजरकोटकै लोकेश सिंह बाट रु १०,००,००। लाखमा खरिद गरेको ।
निजले उक्त छाला कृष्ण वली लाई दिएको ।
कृष्ण वलीले गणेश वि.क. लाई दिएको ।
गणेश वि.क.लगायतले सुर्खेत छिन्चु बाट उक्त छाला रु ४०,००,०००। मा विक्री गर्ने भनि बाँकेमा लयाएको ।

कानुनी ब्यबस्था:-
*****************
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफ २६ (क) बमोजिमको १० लाख सम्म जरिवाना र ५ वर्ष देखी १० वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने ।

Next Post

करिब साढे ४ करोडको लागतमा दोन्द्रानालामा पक्की पुल

२०७७ भाद्र २८, आईतवार १९:०७
जानकी । बाँकेको जानकी गाउँपालिकाको वडा नम्बर १ शिवपुरी र बढैया गाउँलाई जोड्न दोन्द्रा नालामा पक्की पुल निर्माण गर्न थालिएको छ। पुल निर्माण कार्यको ५ नम्बर प्रदेशका सांसद बाबुराम गौतमले आज शिल्यान्यास गर्नु भएको हो । पुलको निर्माण कार्य प्रदेश ५ सरकारको आर्थिक सहयोगमा हुन लागेको हो । शिलन्यास पछि […]