तिला-४ लाई हराउँदै तातोपानी-६ जित

  ।   २०८० कार्तिक १४, मंगलवार १८:२७

जुम्ला : जुम्लामा जारी वडा कपकाे समुहकाे चरणमा पहिलो चरणकाे खेलमा तातोपानी-६ ले जित हासिल गरेकाे छ । समुह चरणकाे पहिलाे खेलमा तिला-४ लाई हराउँदै तातोपानी -६ ले जित हासिल गरेकाे हाे ।

निर्धारित समयमा दुवै टिमले समान १-१ गाेल गरेका गरेका थिए । पेनाल्टी सुटआउटमा भने तातोपानी-६ ले तिला-४ लाई ४-३ गाेल अन्तरले पराजित गरेकाे हाे । उक्त खेलमा तातोपानी-६ का धनबहादुर खड्काले पहिलाे हाफमा सुरूवाती गाेल गर्नुभएको थियो । पहिलाे हाफमै तिला-४ का क्याप्टेनले गाेल गरे सँगै दाेस्राे हाफमा दुवै टिमले गाेल गर्न सकेनन् ।

निकै प्रतिष्पर्धात्मक खेलमा तातोपानी- ६ का खेलाडीले चाेट व्यहाेरे । पहिलाे खेलमा कठिन रूपमा जितेकाे तातोपानी-६ का टिम काेच शिव सुनारले बताउनुभयो । उहाँका अनुसार पहिलाे हाफमा सुरूवाती अग्रता लिएपनि दाेस्राे हाफमा उतारचढाव व्यहोर्नुपर्याे । दाेस्राे हाफमा मुख्य खेलाडी घाइते भएपछि तातोपानी-६ दबाबमा परेकाे थियाे । पहिलाे खेलकाे कमजोरी दाेस्राे खेलमा सुधार गरेर जित्ने गरी खेल्ने टिमका म्यानेजर कृष्ण खड्काले बताउनुभयो ।

तातोपानी-६ ले १५ गते दिउँसो ३ बजे टिम कनकासुन्दरीकाे सामना गर्नेछ । मंगलबारकाे पहिलाे खेल पातारासीलाई हराउँदै चन्दननाथ-१० ले जितेकाे थियाे ।

Next Post

नेकपा माओवादी केन्द्रद्वारा सडक संघर्ष गर्ने निर्णय

२०८० कार्तिक १४, मंगलवार १८:२७
नेपालगन्ज । सत्तारूढ दल माओवादी केन्द्रले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रतिगमनको विरोध लगायत विषयमा जनप्रदर्शन गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले काठमाडौंमा जनप्रर्दशन गर्ने निर्णय गरेको हो । विशेष अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जवस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क […]