एनाआरएनलाई नागरिकता वितरण सुरु

  ।   २०८० आश्विन ३०, मंगलवार १६:१८

काठमाडौ । गैरआवासीय नागरिकता शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो : ‘ठूलो संघर्षपछि एनआरएनएलाई नागरिकता दिलाउन सफल भयौं’

सरकारले गैरआवासीय नेपाली (एनआरएनए) लाई नागरिकता वितरण सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता वितरणको सुभारम्भ गर्नुभएको हो। आज बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री  प्रचण्डले गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई नागरिकता दिँदै अभियानको सुरुआत गर्नुभयो ।

प्रधानमन्त्री  प्रचण्डले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिलाउनु निकै ठूलो उपलब्धि भएको बताउनुभएको हो  । गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पचासौं लाख गैरआवासीय नेपालीहरुले नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको र यो निकै ठूलो उपलब्धि भएको बताउनुभयो ।

‘नेपालको संविधानमा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था भए पनि कानुनी व्यवस्था गर्न निकै ठूलो संघर्ष गर्नुपर्यो,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘पचासौं लाख गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ । निकै ठूलो संघर्ष र मिहिनेतपछि हामीले सफलता हासिल गरेका छौं । यो निकै ठूलो उपलब्धि हो ।’

त्यस्तै देश विकासमा गैर आवासीय नेपालीहरुको सहयोग महत्वपूर्ण हुने भन्दै उहाँले गैरआवासीय नेपालीहरुबाट देशले धेरै अपेक्षा गरेको बताउनुभयो । गैरआवासीय नेपाली संघको राष्ट्रिय महाधिवेशनले एकताबद्ध संघ र बलियो नेतृत्व छनोट गर्ने तथा थप एकताबद्ध भएर अगाडि बढ्ने समेत उहाँले विश्वास समेत व्यक्त गर्नुभयो ।

एनआरएनएका अध्यक्ष आचार्यले पर्वत जिल्ला प्रशासन कार्यालयबाट असोज २८ गते गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र पाउनु भएको थियो । पर्वतका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्री र प्रधानमन्त्रीले आचार्यलाई नागरिकता प्रदान गर्दै अभियानको सुरुआत गर्नुभएको हो । यस्तै गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बद्री केसीले पनि नागरिकताको प्रमाणपत्र लिनुभएको छ। केसीको नागरिकता असोज २९ गते काठमाडौंबाट जारी भएको थियो । गत जेठमा नागरिकतासम्बन्धी ऐन संशोधन भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो ।

Next Post

मृत भेटिएको बाघले कुनै बिसादी सेवन नगरेको रिपोर्टमा उल्लेख

२०८० आश्विन ३०, मंगलवार १६:१८
नेपालगन्ज । केही दिन अघि बाँकेको एक सामुदाकि वनमा बेवारिसे अवस्थामा मृत भेटिएको पाटेबाघको शव परीक्षण रिपोर्ट आएको छ । बेवारिसे अवस्थामा मृत भेटिएको पाटेबाघको शव परीक्षण रिपोर्ट आएको डिभिजन वन कार्यालय बाँकेका मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीले जानकारी दिनुभयो । बुढाथोकीका अनुसार उक्त पाटेबाघको शव परीक्षण रिपोर्टमा आन्तरिक करङ्गमा […]

सम्बन्धित समाचार